• प्रतिनीधि सभाको दोश्रो निर्वाचन पश्चात नेकपा एमाले दोश्रो पार्टीको रुपमा स्थापित भयो । तथापि तेश्रो भएको नेकपा माओवादीको नेतृत्वमा सरकारमा जान तयार भयो । तर त्यो धेरै समय टिकेन । एमाले सरकारबाट बाहिरियो । पछिल्लो समय एमाले केही कमजोर हुँदै जानु, आफ्नो नेतृत्वमा सरकार बनाउन नसक्नु लगायतका यावत विषयहरु माथि एमालेले समिक्षा र छलफल चलाउने निर्णय गर्यो । यसैको लागि नेकपा एमालेले ग्रासरुट अभियान सन्चालनमा ल्यायो । एमालेको ग्रासरुट अभियान किन जरुरी भयो, नेता भन्दा कार्यकर्ताको कमजोरी खोतल्न पार्टी किन तल्लिन भैरहेको छ भन्ने विषयमा केन्द्रित रहेर एमालेका केन्द्रिय सदस्य सरेस नेपाल संग संगिता डिम्दोङ्ले गर्नुभएको सक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

    १) नेकपा एमालेले हाल सञ्चालन गरीरहेको ग्रासरुट अभियान भनेको के हो ?
    – नेपालको कम्युनिष्ट आन्दोलन भित्र केहि समस्या छ । मुलतः देशको राजनीति समाजबादी र पुँजीबादी ध्रुबमा बाँडिएका छन् । हामी समाजबादी ध्रुबको पक्षपोषण गर्छौं । प्रतिष्पर्धात्मक ढङ्गले गठबन्धनको घेराबन्दीलाई तोडेर निर्वाचन वा जुनसुकै क्रियाकलापमा पनि पार्टीलाई सशक्त बनाउनको निम्ति पार्टीको ग्रासरुट स्तर देखि नै उठाउनु पर्छ । पार्टीको ग्रासरुट स्तरमा केहि भ्रम पनि छन् । भर्खर जन्मेको पार्टी ह्वात्तै अगाडि आउने तर युगौंयुग देखि संघर्ष गरिरहेको पार्र्टी चैं पछाडि पर्ने अबस्था छ । समाजमा हाम्रो पार्टी प्रति हेरिने दृष्टिकोणमा केहि समस्या छ । यसलाई प्रष्ट्याउनु पर्छ । पार्टीको पहिचानलाई स्थापीत गर्नुपर्छ भन्ने एउटा समुदायको कुरा भयो ।
    पार्टी बनाउने कुरामा पार्टीलाई अगाडि बढ्नको लागि समस्या भएको छ भने पार्टी भित्र मौलाउँदै गरेको अबसरबाद र संगठनहरुको अराजकता बढ्दै गएकाले नियन्त्रण गर्न जरुरी छ । यी यस्तै समस्या समाधान गर्न, जनताकोे राजनीतिक बैचारिक क्षमता बढाउन, हामी किन जनताको लागि लड्ने पार्र्टी हो भन्ने जनतालाई बुझाएर अगाडि बढ्नु पर्ने आजको आबश्यता हो ।
    खासगरी ३ वटा उदेश्य सहित हामी ग्रासरुट अभियानमा छौँ । राजनीतिक बैचारिक क्षमता बढाउने, संगठनात्मक क्षेत्रको काम जसमा सदस्यता नविकरण, बिस्तार, निष्क्रिय कमिटीलाई सक्रिय बनाउने गर्दछ र जनसरोकारका काम लिएर हामी ग्रासरुट अभियानमा छौँ ।
    २) जनताले तपाईंहरुलाई निर्वाचित गरेपछि विकास निर्माणको अपक्षा गरेका थिए तर तपाईंहरु सरकारबाट बाहिरिएर ग्रासरुट अभियानमा जानुभयो । अहिले जनतामाझ के कुरा लिएर जानु भएको छ ?
    – हामी सरकारमा हुँदा पनि जनताको समस्या सामाधान गर्न अथक प्रयत्न गरेका थियौँ । कतिपय बिकास निर्माणको काम सम्पन्न भए । कति बाँकि छन् । कति पूरा गर्न सकिएन । बिकास निर्माणको काम निरन्तर चलिरहने प्रक्रिया हो । नेकपा एमाले वर्तमान सरकारलाई ध्यानाकर्षण गर्नको निम्ति जनताको माझमा गएर बिपक्षि भूमिकामा छ । जनताको हितलाई केन्द्रमा राखेर जनताकै निम्ति बिपक्षको भूमिकामा उभिएर प्रभावकारी बनाउने हाम्रो मिसन ग्रासरुटको अभियान पनि हो ।
    ३) निर्वाचन समाप्त पश्चात नै ग्रासरुट अभियान सञ्चालन गर्नुको कारण के हो ?
    – निर्वाचनमा हामी जनताको बिचमा गयौँ । मतदाता नेता, कार्यकर्ताको ऐना हुँदोरहेछ । मैले अनुभव गर्न पाएँ । ऐनामा हेर्दा दाग भए नभए देखिए जस्तै जनताले गरिने ब्यबहारबाट हाम्रा कमिकमजोरी छर्लङ्ग छुट्टिने रहेछ । जनताको राजनीतिक चेतनामा कमि भएर भोट पैसामा लेनदेनको प्रक्रिया बढिरहेकाले राजनैतिक बैचारिक क्षमतामा बिकास गरिनुपर्ने अनुभूती भयो । त्यस्तै पार्टी सदस्यता भन्दा नि कम भोट आएकाले पार्टी भित्रै समस्या रहेछ । यसको न्युनिकरणको लागि जुट्नको लागि प्रेरित ग¥यो । जनस्तरमा हामी प्रतिको दृष्टिकोण कस्तो रहेछ भन्ने नि अनुभव ग¥यौँ । निर्वाचनले हामीलाई धेरै कुराको पाठ सिकाए पश्चात हामी लगत्तै ग्रासरुट अभियानमा लागेका हौँ ।
    ४) नेकपा एमाले संसदमा दोस्रो पार्टी हुँदा पनि चित्त नबुझाएको हो ?
    – हामीले बहुमतकै सरकार बनाउन खोजेका थियौँ । जनसम्बन्धमा नै समस्या देखिएर हामीले सोचेको जस्तो मत प्राप्त गर्न सकेनौँ । हामी बिरुद्ध गठबन्धन भएर, पार्टी भित्र अनेकौँ खालको समस्या भएर, कार्यकर्ताहरुमा नैराश्यता देखा परेकाले त्यो कुरालाई चिर्नको निम्ति हामीले बिशेष योजना निर्माण गरेर लाग्नुपरेको हो ।
    ५) अहिले पार्टीको कार्यकर्तामा भन्दा पनि नेतामा वढी अवसरवाद बढि रहेको पाइन्छ । ग्रासरुट अभियान भन्दा पनि पार्टी नेता शुद्धिकरण अभियान सञ्चालन गर्नुपर्ने जस्तो लाग्दैन ?
    – हामीले यो भन्दा अगाडि पार्टी शुद्धिकरण अभियान पनि सन्चालन गरेका छौँ । नेतृत्व तहमा पनि समस्या छन् । तर नेतृत्वतहलाई पनि सच्याउने, खबरदारी गर्ने भनेको कार्यकर्ता र पाटी सदस्यले नै हो । त्यहि कार्यकर्ता, मतदाताबाट छानिएका नेतृत्व हुन् । उहाँहरु जागरुक भइसके पछि नेतृत्वकर्ता आँफै सुध्रिनका लागि बाध्य हुन्छन् ।
    ६) सिन्धुलीमा मिसन ग्रासरुट अभियान सन्चालन गरिरहँदा नेकपा एमालेको अबस्था कस्तो पाउनु भयो ?
    – अन्य जिल्ला भन्दा मध्यम स्थिती यहाँ पाएको छु । वडा बाटै कमिटी गठन तथा निष्क्रिय कमिटीलाई सक्रिय बनाउन आबश्यक छ । सिन्धुलीको ९ वटा स्थानीय तहमा जहाँ एमाले निर्वाचनमा निर्वाचित भएका छन् । त्यहाँ वडा देखि नै अभियान सन्चालनको कार्य अगाडि बढेको देखियो । राजनैतिक बैचारिक चेतना बढेको क्षेत्रमा पनि काम अघि बढिरहेको छ । सम्भवतः अवको निर्वाचनमा नेकपा एमाले सिन्धुलीमा पहिलो पार्टीको रुपमा स्थापित हुनेछ ।