• बाम–लोकतान्त्रिक संयुक्त गठबन्धनका सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेद्वार श्याम घिमिरेसंग नविन श्रेष्ठले आसन्न निर्वाचनका विषयमा गर्नुभएको कुराकानी ।

    हिजो जनताले दुईतिहाई बहुमत दिएर पठाउँदा त्यसको संरक्षण र सदुपयोग गर्न नसक्ने । एक जनाको अहंकार र सन्कीको भरमा असंवैधानिक तबरबाट दुई दुई पटक जनताको सर्वोच्च निकाय संसद विघटन गर्ने एमाले पार्टीलाई जनताले भोट के भनेर दिने ? आँफै संसद विघटन गरेर फेरी के नाताले भोट माग्न जाने भन्ने कुरा एमालेको लागि संकट छ । त्यसैले हामी निर्वाचन सहज रुपमा जित्दैछौं ।

    यो निर्वाचनमा गठबन्धन किन ?
    – गठबन्धनको अवश्यकता र औचित्यको कुरा गर्दा पहिलो कुरा; यस अघिको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७४ मा नेपाल राजनीतिक स्थिरताका लागि भनेर बम गठबन्धनलाई झन्डै दुईतिहाईको बहुमत दिएका थिए । तर एउटा व्यक्ति केपि ओलिको सन्कीपन, महत्वकाँक्षा र उनको उत्ताउलोपनले गर्दा आज त्यो जनमतलाई अपमान गरियो । दुई दुई चोटि संसद विघटन गरेर संविधान उल्लघन गरियो । संविधानलाई नै समाप्त पार्ने कुचेस्टा गरि सम्पूर्ण संवैधानिक अंगहरुलाई चलाएर प्रजातन्त्रको मर्ममाथि नै प्रहार गर्न सुरुवात गरियो । ओलीले जनताको अभिमतलाई गलत ढंगले प्रयोग गरे । हाम्रो २०७२ को संविधान नै समाप्त हुने अवस्था आए पछि संविधानका रक्षक र पक्षधरहरु मिलेर गठबन्धन मार्फत निर्वाचनमा जानुपर्ने र गठबन्धनको सरकार बनाउनुपर्ने अवश्यकता बोध ग¥यौं । दोस्रो कुरा आज ३२÷३३ वर्ष भईसक्यो प्रजातन्त्र स्थापना भएको । तर जनताले चाहेको जस्तो विकास हुन सकेको छ्रैन । यसको मूल कारण राजनीतिक अस्थिरता हो । हामीले यति राजनीतिक अस्थिरता भोग्यौं की ६ महिना, ८ महिना र वर्ष दिन भन्दा बढि सरकार चल्न सकेन । पाँच वर्ष कुनै पनि सरकार चलेन । त्यसैले राजनीतिक स्थिरता दिन अवश्यक छ । यो मिश्रीत निर्वाचन प्रणलीले गर्दा एउटा मात्र राजनीतिक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएको हुँदा निर्वाचन अघि र निर्वाचन पछि पनि गठबन्धन गर्नु पर्छ अनि मात्र स्थिर सरकार निर्माण हुन सक्छ । गठबन्धन निर्वाचन पछिको भन्दा निर्वाचन अघिको गठबन्धन बलियो हुन्छ, दिगो हुन्छ । हामीले राजनीतिक स्थिरताका निम्ति गठबन्धन गरेका हौं जुन विकासको पहिलो ढोका हो । हाम्रो गठवन्धन विकासको ढोका खोल्नका निम्ति हो ।
    यो निर्वाचनमा गठबन्धनको अवस्था कस्तो पाउनु भएको छ ?
    – अत्यन्त राम्रो । हामीले गठबन्धन गरेर यस भन्दा अगाडी स्थानीय तहको निर्वाचनमा पनि अभ्यास गरेका छौं । सिन्धुली जिल्लामा स्थानीय तहको निर्वाचनमा गठबन्धनको पूर्ण अभ्यास भएको छ । यो अभ्यासले हामीलाई सजिलो बनाएको छ । हिजो हामीले यो अभ्यास नगरेको भए यो पहिलो अभ्यास हुन्थ्यो, असहज पनि हुन्थ्यो । तर आज एउटा अभ्यासले गर्दा हामीलाई अभ्यस्त वनाएको छ । हाम्रा सम्पूर्ण साथीहरु गठबन्धनलाई जिताउन तयार हुनुहुन्छ । सिन्धुलीमा सतप्रतिशत गठबन्धनको पक्षमा नतिजा आउनेछ । देशै भरि गठबन्धनले नै जित्ने निश्चित छ ।
    तपाईंको जित्ने आधार के–के हुन् ?
    – पहिलो जित्ने आधार गठबन्धन नै हो । सिन्धुलीमा हाम्रो गठबन्धन दलका तीन ओटा पार्टी एकताबद्ध भएर निर्वाचनमा गएका छौं । उता नेकपा (एमाले) एक्लै छ, जसको चुनावी एजेण्डा नै छैन । दोस्रो कुरा म राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको मान्छे । नेपाली काँग्रेसको तीन पटक केन्द्रिय सदस्य भईसकेको र दुई पटक लेखा समितिको संयोजक भई सकेको व्यक्ति हुँ । राष्ट्रिय राजनीतिमा भूमिका खेलेर यस क्षेत्रको विकास निर्माणमा पार्न सक्ने प्रभाव, यस क्षेत्रका नागरिकलाई रोजगारीमा जोड्न सक्ने कुराहरुमा म प्रति जनताको ठूलो आसा र विश्वास छ । तेस्रो कुरा एमालेसँग भोट माग्ने कुनै एजेण्डा नै छैन । हिजो जनताले दुईतिहाई बहुमत दिएर पठाउँदा त्यसको संरक्षण र सदुपयोग गर्न नसक्ने । एक जनाको अहंकार र सन्कीको भरमा असंवैधानिक तबरबाट दुई दुई पटक जनताको सर्वोच्च निकाय संसद विघटन गर्ने एमाले पार्टीलाई जनताले भोट के भनेर दिने ? आँफै संसद विघटन गरेर फेरी के नाताले भोट माग्न जाने भन्ने कुरा एमालेको लागि संकट छ । त्यसैले हामी निर्वाचन सहज रुपमा जित्दैछौं ।
    तपाईंलाई यहाँका मतदाताले किन मतदान गर्ने ?
    – मेरो उम्मेद्वारीका दुई ओटा भूमिका हुने ठानेको छु । एउटा राष्ट्रिय राजनीतिमा संसदले खेल्नु पर्ने भूमिका, नीति निर्माणको तहमा र बजेट निर्माणको निम्ति खेल्नु पर्ने भूमिका तथा मुलुकलाई संवृद्धिको बाटोमा डोहो¥याउन खेल्नु पर्ने भूमिका छ भने अर्को तर्फ आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरु प्रति गरिएका प्रतिवद्धतहरुलाई पूरा गर्नुपर्ने भूमिका छ ।
    शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्दछ भनेर राष्ट्रिय राजनीतिमा बारम्बार कुरा उठाउँदै आईरहेको छु । सरकारी स्वास्थ्य संस्थालाई क्षमता अभिवृद्धि गर्दै स्वास्थ्यलाई पूर्ण निःशुल्क बनाईनु पर्दछ । यहाँ लाग्ने सम्पुर्ण शुल्क मिनाहा गरिनुपर्दछ । यस क्षेत्रमा विशेषज्ञ सेवा सहितको सुविधासम्पन्न अस्पताल निर्माण गर्ने मेरो योजना रहेको छ । शिक्षा क्षेत्रमा सार्वजनिक शिक्षा ध्वस्त भएकाले सार्वजनिक शिक्षालाई अत्यन्त महत्वका साथ आमूल परिवर्तन गरेर सार्वजनिक शिक्षामा आकर्षण बढाउनुपर्ने मेरो मान्यता रहेको छ । अहिलेको युग सर्टिफिकेट भन्दा पनि सिपको युग भएकाले सिपमूलक शिक्षा र प्राविधिक शिक्षा प्रत्येक माध्यमिक विद्यालयमा पु¥याउने मेरो लक्ष्य रहेको छ । मेरो निर्वाचन क्षेत्रमा विकास निर्माणको क्षेत्रमा प्रजातन्त्र पुनर्वहाली पछि भएका संसदले गरेको भन्दा मेरो पाँच वर्षिय कार्यकालमा बढी काम गरेर देखाउँछु ।
    त्यो भन्दा पनि महत्वपूर्ण कुरा अहिले राष्ट्र, राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि यो गठबन्धनले जित्नु अपरिहार्य छ । यसर्थ जनताले मलाई मतदान गर्नुहुनेछ भन्ने पूर्ण विश्वास गरेको छु ।
    तपाईंले निर्वाचन जित्नु भयोभने यस क्षेत्रको विकासका प्राथमिकताहरु के–के हुन्छन् ?
    – मेरो पहिलो प्राथमिकता, चार ओटा बाटाहरुलाई राखेको छु । सिन्धुली–चकमके हुँदै सिद्धिचरण राजमार्ग, खनियाँखर्कदेखि चौहारी, गोदारबाट डकाहा– चकमके हुँदै नवलपुर र ढल्केबरदेखि रानिवास हुँदै आजाद राजमार्ग सुलिभञ्ज्याङ जोडिने मुख्य सडक खण्ड निर्माणको योजना रहेको छ ।
    दोस्रो प्राथमिकता; शिक्षा क्षेत्रलाई लिएको छु । यहाँको सार्वजनिक शिक्षालाई सुधार गर्ने र प्रत्येक माद्यमिक विद्यालयमा एउटा एउटा प्राविधिक विषय पढाईहुने व्यवस्था गर्ने योजना छ । तेस्रो प्रथमिकता; भनेको स्वास्थ्य क्षेत्रलाई दिएको छु । यस क्षेत्रमा विशेषज्ञ डाक्टर सहित सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने मेरो योजना रहेको छ । सबै स्वास्थ्य संस्थामा दरबन्दि र प्राविधिकको व्यवस्था गरेर प्राथमिक उपचारलाई सहज बनाउने योजना रहेको छ । सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण शुल्क निःशुल्क गर्न पहल गर्नेछु ।
    चौथो प्रथमिकता भनेको यस क्षेत्रमा ठूला दुई ओटा नदिहरु रहेका छन् । कमला नदि र चँदाहा नदिलाई अबसर चुनौतीको रुपमा हेरेको छु । नदि नियन्त्रण गर्दै यहाँका खेती योग्य जमिनको संरक्षण गर्ने र सिँचाईको पूर्ण रुपमा व्यवस्था गर्ने मेरो योजना रहेको छ । यहाँका चुरे खहरे नियन्त्रण गर्ने मेरो योजनामा रहेका छन् । यहाँका हरेक क्षेत्रको विकास निर्माणका साथै जनताका व्यक्तिगत समस्यादेखि लिएर सामाजिक समस्याहरुमा आफूलाई साथै राख्ने प्रण गरेको छु । जनताले आफूलाई निर्वाचित गरेर पठाउँदा यो जितको स्वामित्व आम जनतालाई भोग गर्ने वातावरण सिर्जना गर्नेछु । सम्पूर्ण आम जनताले गठबन्धनका सम्पूर्ण उम्मेद्वारलाई आफ्नो अमूल्य मत प्रयोग गरेर सहयोग गरिदिन आग्रह गर्दैछु ।