• देशमा संघियता पश्चात सिन्धुलीमा निर्माण भएका ९ वटा स्थानीय तहको नेतृत्व गर्न पहिलो चुनाव पश्चात फरक फरक पार्टीका अनुहारहरु आए । कतिपय स्थानीय तहमा एउटै पार्टीका प्रमुख उपप्रमुख भए भने कुनैमा फरक फरक पार्टीले बाजी मारे । तर बिडम्वना केही भन्दा बाहेक अधिकांसको ५ वर्षे कार्यकाल काम सिक्दैमा वित्यो भने कतिपयले विवाद गरेरै आधा कार्यकाल बिताए । कतिपयले स्थानीय तहलाई आफ्नो पार्टीका कार्यकर्ता भर्तिकेन्द्र बनाए । जनताको आँखामा छारो हाले । अहिले दोश्रो कार्यकालका लागि चुनिएर आएका नेतृत्वहरुसंग पनि जनता ढुक्क छैनन् । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाले स्थानीय तहको दोश्रो निर्वाचन पछि गरेका विकास निर्माणको वर्तमान अवस्था तथा समंग्र घ्याङ्लेखको विषयमा आधारित रहेर पालिका उपाध्यक्ष शंकरमान घलान संग संगिता डिम्दोङ्ले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

    १) तपाईँले घ्याङ्लेख गाउँपालिकाको उपाध्यक्षको पदभार ग्रहण गर्दा गर्नुभएका प्रतिवद्धता अनुरुप काम गरिरहनुभएको छ ?
    – छोटो समयमा गरिने काम र लामो समयमा गरिने कामहरु बिभाजन गरेर गरिने प्रतिबद्धता गरको थिएँ । छोटो समयमा गरिने कामहरु सामाजिक सुरक्षा भत्ताका लागि निकै सास्ती खेपिरहेको अवस्था थियो । मैले निर्वाचित भइसकेपछि वडा वडा बाटै बितरण गर्ने व्यवस्था मिलाएको छु । पालिकाको साना साना योजनाहरु उपभोक्ताहरुले पालिका सम्मआइरहनु पर्ने भयो भन्ने जनगुनासोलाई सम्बोधन गरेर ५ लाख सम्मको योजनाहरु वडामै सम्झौता गरिने र वडा बाटै अनुगमन गर्ने व्यवस्था गरेका छौँ । भौगोलिक बिकटता रहेको यस गाउँपालिकाको सबै वडामा बिजुली बत्ती पु¥याउने लक्ष्य प्राप्तिको हामी बिचबिचमा छौँ । केही समय पश्चात उक्त लक्ष्य पनि पूरा हुने छ । अन्य सडक, पुल, सन्चार जस्ता ठूला योजनामा पनि हामी नियमित प्रयत्नमा छौँ । हामीले गरेका प्रतिवद्धताहरु पूरा गर्न हामी तयार छौँ । जुन कुनै अवस्थामा हामी हाम्रो प्रतिवद्धता पूरा गर्न लागिपर्ने छौँ ।
    २) आम नागरिक भएर हेर्दा र स्थानीय सरकारको उपाध्यक्ष भएर काम गर्दा कस्तो महसुस गर्नुभयो ?
    – यसमा बिलकुल फरक छ । बाहिर बसेर बोल्न र भान्से बनेर कामगर्दा निकै फरक पाएँ । हिजो बाहिर बसेर यसरी बाँडेन, गलत भयो भनिरहँदा र आज सबैलाई भाग लगाउँदा निकै फरक हुने रहेछ । हिजो म एउटा राजनीतिक दलको लिडरको हैसियतले यहाँको सरकारले काम गर्न ढिलो ग¥यो भन्ने आवाज बाहिर बाट उठाउने गर्थे । आज यहींको सरकारको उपाध्यक्ष भइरहँदा विविध समस्या आइपर्नेरहेछ । निर्वाचित भइसकेपछि हामीले नीति तथा कार्यक्रमहरु ल्यायौँ । योजनाहरु पनि पास ग¥यौँ । वाधााहरुको फुकुवा गर्ने काम जनप्रतिनीधिको हुनेरैछ । कार्यान्वयका लागि कर्मचारीले गर्ने ढिलाईका कारण समस्या हुने रैछ ।
    ३) घ्याङलेख गाउँपालिकाले यस आ.व.मा कति प्रतिशत विकास बजेट खर्च ग¥यो ?
    – हामीले बिनियोजन गरेको बजेटमा हाल सम्ममा ३० देखि ३५ प्रतिशत बिल भुक्तानी गरेको अबस्था छ भने झन्डै ६०÷७० प्रतिशत काम सम्पन्न गरेर बिलको लागि तयारी अबस्थामा छ ।
    ४)उपाध्यक्षलाई अनुगमनको सम्पूर्ण जिम्मेवारी सुम्पिएको हुन्छ । घ्याङलेख गाउँपालिकामा अनुगमनको अवस्था कस्तो छ ?
    – अनुगमनमा पहिलेको जस्तो स्थिति छैन । मैले कडाईका साथ अनुगमन गरिरहेको छु । प्राबिधिक सहित मैले प्रत्यक योजना तथा कृषिको अनुगमन हेर्ने गरेको छु । अहिले प्रत्यक वडामा ५ बर्षको लागि ५ लाख भन्दा तलका योजनाको अनुगमन समिति नै निर्माण गरेर अनुगमन गर्नको लागि निर्देशन पनि दिएको छु । सोलाभन्ज्याङ उकालो सडकमा सोलिङमा मापदण्ड बिपरित काम भएकाले प्राबिधिक सहितको अनुगमनमा गएर गुणस्तरहिन कामलाई भत्काएर पुनःनिर्माणको लागि निर्देशन दिएको छु । आफ्नो अधिकार र विवकले भ्याएसम्म अनुगमनमा कुनै कन्जुस्याइँ र कमजोरी हुन नदिने मेरो उद्देश्य हो ।
    ५) शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली तथा रोजगार तर्फ तपाईंले गर्नुभएका कामहरु के कस्ता छन् ?
    – शिक्षा
    शिक्षाको सवालमा दरबन्दि अपुग विद्यालयमा पालिकाले नै थपेको छ । हाम्रो गाउँपालिकामा एउटा पनि क्याम्पस छैन । क्याम्पस सच्नालनको लागि बजेट ब्यबस्थापन गरिरहेका छौँ । प्राबिधिक धारमा कृषि प्लस टु सन्चालनको लागि योजना निर्माण गरीरहेका छौँ ।
    स्वास्थ्य
    अस्पताल निर्माणको लागि पहिले नै डिपिआर गरेर पनि जग्गाको बिबादका कारण अगाडि बढिरहेको थिएन । हाल उक्त बिबादलाई पनि समाधान गरेर १० शैयाको अस्पताल निर्माणको लागि हामी टेण्डर प्रक्रियामा छौँ ।
    खानेपानी
    यस पालिकाको केही वडाको कुनै कुनै स्थानमा बाहेक सम्पूर्ण वडामा खानेपानीको राम्रो सुबिधा छ । तथापि यसलाई अझ व्यवस्थित बनाउन पालिकाले योजना बनाएर काम गरिरहेको छ ।
    विद्युत
    यहाँको ४ र ५ नम्वर वडामा विद्युत तबिस्तारमा अलि ढिलाई भएको छ । अन्य वडामा भने केन्द्रिय विद्युत प्राधिकरण बाट विद्युत विस्तारको काम अन्तिम चरणमा पुगिसकेको छ ।
    रोजगार
    बिशेषगरी कृषि र पशुलाई प्राथमिकतामा राख्ने छौँ । हेफर इन्टरनेशनल संग सम्झौता गरेर एक करोड भन्दा बढि आन्तरिक श्रोत बाट बजेट बिनियोजन गरेर कृषि र पशुलाई ब्यापक बिस्तार गर्ने उदेश्य लिएका छौँ । जसबाट युवाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्नेछ भन्ने अपेक्षा छ ।
    साथै ४ नम्बर वडाको चौकिडाँडाँमा एक प्रकारको जडिबुडिको रुख छ । सो रुखको पातहरु, हाँगाहरु मेसिनमा पेलेर १ बोतल विक्री गर्दा २५ हजार आम्दानी हुन्छ । यसमा हाल ३ जनाले रोजगार पाइरहे पनि ब्यबस्थापन भने भएको छैन । त्यो लगायत अन्य जडिबुडि उत्पादन गरेर ब्यबस्थापनको गर्नको लागि ३७ रोपनि जग्गामा डिपिआर भइसकेको छ । निर्माणको लागि केन्द्र संग पनि अनरोध गरेका छौँ । जडिबुडि उत्पादनको लागि स्थान ब्यबस्थापन भएमा यहाँका स्थानीयलाई स्वरोजगार बनाउन केही सहज हुनेछ ।
    ६) गाउँपालिकाको न्यायिक समितीको संयोजकपनि हुनुहुन्छ । हाल सम्मकति मुद्धा आएका छन् र कति फछ्यौट भए?
    – म निर्वाचित भएर आएपछि जम्मा पाँच वटा मात्रै मुद्धा परेको छ । पाँच वटा मुद्धा नै फछ्र्याैट गरिसकेका छौँ । हामीले लामो समय देखि विवादित केही मुद्धा चै ल फिल्डमै गएर मिलापत्र गरायौँ ।
    ७) स्थानीय सरकारलाई भ्रष्टाचारमा वढी नै संलग्न छ भन्ने आरोप लाग्ने गरेको छ । घ्याङलेख गाउँपालिकामा भ्रष्टाचार न्युनिकरणका लागि के कस्तो पहल भइरहेको छ ?
    – पालिकालाई भ्रष्टाचार मुक्त बनाउने कुरामा हामी एकबद्ध छौँ । हामीले सबै वडाको जनप्रतिनीधि तथा कर्मचारीहरुलाई बारम्बार बैठकमा भष्टाचार गरेको प्रमाणीत भएमा कानूनी कारबाहि गरिने बताएका छौँ । मेरो कार्यकालको समय भित्र एक रुपैयाँ पनि भ्रष्टाचार गर्र्न नदिने प्रतिबद्धता गर्दछु ।
    ८) गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष फरक फरक पार्टीबाट निर्वाचित हुनु हुन्छ ? काम गर्न कत्तिको सहजता छ ?
    – हामीमा सहजता छ । यो भनेको नेतृृत्वमा भर पर्ने कुरा हो । जुनसुकै पार्टीबाट निर्वाचित भएर आएपनि ब्यक्तिगत स्वार्थ भन्दा पनि जनता र सिंगो गाउँपालिकाको बिकास र समृद्धि गर्ने एउटै साझा उदेश्य हो । ५ बर्ष सम्म कुनै पनि स्वार्थ नलिई, मुनमुटाब नभई काम गरेर देखाउँने छु ।
    समाप्त