स्कुटर दुर्घटनामा एक किशोरको मृत्यु
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका–७ फिटिङपुलमा आईतवार स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२९ स्थायी घर भई हाल सिन्धुलीको कमलामाई नगरपालिका–६ रातमाटामा डेरा गरी बस्दै आएका १५ वर्षीय रितेश जोन्छे रहेका छन्।
जोन्छेलाइ उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रमुख लाल ध्वज सुवेदीले जानकारी दिनु भयो।
प्रहरीको अनुसार उनले आफैंले चलाएको स्कुटर (प्रदेश ३–०२–०२३ प ८७५७ नम्बर) तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट करिब २० फिट तल खस्दा दुर्घटना भएको थियो।
दुर्घटना आईतवार दिउँसो ४ बजेको समयमा भएको थियो। उनलाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल सिन्धुलीमा ल्याएर प्रारम्भिक उपचार गरिएको थियो ।
चिकित्सकको सल्लाहमा थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा साँझ ८ बजेरको समयमा सुनकोशी गाउँपालिका–६ खाल्टे नजिकै पुगेपछि मृत्यु प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।


