दुधौलीमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु, चार जना घाइते

सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिका-३ झुंगामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मदन भण्डारी राजमार्गअन्तर्गत भिमान-दुधौली सडकखण्डमा आइतबार दिउँसो काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र. ०१-०२८ च २७८३ नम्बरको इसुजु डी-म्याक्स गाडी दुर्घटनामा परेको हो । अनियन्त्रित भएको गाडी सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका गाडी चालक सुनसरीको बराहक्षेत्र नगरपालिका-८ निवासी ४२ वर्षीय मातृका भट्टराईको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनापछि उनलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याइएको थियो ।

दुर्घटनामा बराहक्षेत्रकै ३८ वर्षीया प्रमिला भट्टराई, उनका ८ वर्षीय छोरा आयन्स भट्टराई, ४० वर्षीया रेनुका सुवेदी भट्टराई र उनका १३ वर्षीय छोरा अतर्व भट्टराई घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र एक जनाको अवस्था सामान्य रहेको छ । उनीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।दुर्घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *