सिन्धुली कांग्रेसमा देउवा पक्षको छुट्टै अधिवेशन, सभापतिमा वाइबा सर्वसम्मत

सिन्धुली/नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा आधिकारिकताको विवादपछि शेरबहादुर देउवा पक्षले सिन्धुलीमा छुट्टै जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

शुक्रबार सिन्धुलीमाढीमा आयोजित अधिवेशनबाट खड्कबहादुर वाइबा जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनमा कांग्रेस नेता विमलेन्द्र निधि र पूर्व राज्यमन्त्री कान्छाराम तामाङ विशिष्ट अतिथिका रूपमा सहभागी थिए । पूर्व प्रदेश अर्थमन्त्री कुन्दनराज काफ्ले, कांग्रेस नेता सरोज थापालगायत नेता, कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति रहेको थियो ।

अधिवेशनबाट जिल्ला सभापतिमा वाइबा सर्वसम्मत चयन भए पनि जिल्ला कार्यसमितिका अन्य पदाधिकारी भने चयन गरिएका छैनन् ।

अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं. १ र २ बाट विभिन्न क्लस्टरका प्रतिनिधिहरू पनि सर्वसम्मत चयन गरेको छ ।

क्षेत्र नं. १ बाट खुलातर्फ कृष्णमुरारी गुरुङ, शम्भु राउत, विनोदकुमार गुरुङ, लालबहादुर थापा र सञ्जिव न्यौपाने चयन भएका छन् । खुला महिलातर्फ अर्पणा खड्का र इन्दिरा निरौला, खसआर्यतर्फ धर्मराज पोखरेल, विज्ञतर्फ सन्तोषकुमार बस्नेत, जनजातितर्फ रविन श्रेष्ठ, ४० वर्षमुनितर्फ सुदिप मिश्र तथा नवयुवातर्फ इन्जिनियर सुमनकुमार मिश्र निर्विरोध चयन भएका हुन् ।

त्यस्तै क्षेत्र नं. २ बाट खुलातर्फ सरोजकुमार मैनाली, जयकुमार उपाध्याय ढकाल, रामकुमार माझी, असिम थापा, पविन्द्र वाइबा, दीपककुमार पोखरेल, बलराम बराल, मनिष ढकाल, भबिन्द्र कोइराला, भेषदेव खतिवडा, सुरेश कोइराला, कर्मसिं थिङ, पूर्णबहादुर लो, बिकबहादुर योञ्जन, धनराज वाइबा, फत्तसिं वाइबा, बावनसिं बम्जन, निर्मलकुमार श्रेष्ठ र हिमाली वि.क. चयन भएका छन् ।

खुला महिलातर्फ दिपशिखा ढकाल, कान्ता ढकाल, कालिमाया माझी र मंगली माझी चयन भएका छन् । युवातर्फ इन्दिरा वाइवा, आदिवासी जनजातितर्फ ध्रुवराज श्रेष्ठ, श्रमिकतर्फ सुकदेव मैनाली, जनजाति ४० वर्षमुनितर्फ सागर माझी तथा विज्ञतर्फ भेषदेव खतिवडा सर्वसम्मत चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *