कमलामाईका दुई वडामा नयाँ उद्यमी सिर्जनाका लागि पीआरए कार्यक्रम समापन
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाको आ.व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा नं. ४ र ५ मा नयाँ उद्यमी सिर्जना कार्यक्रम अन्तर्गत वडा स्तरीय अभिमुखीकरण तथा सहभागितात्मक ग्रामीण लेखाजोखा (पीआरए) कार्यक्रम समापन भएको छ ।
संघीय सशर्त अनुदान तथा नगरपालिकाको लागत साझेदारीमा सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत स्थानीयस्तरमा उद्यमशीलताको विकास, सम्भावित उद्यमीको पहिचान तथा उपलब्ध स्रोतसाधनको सम्भाव्यता अध्ययन गरिएको छ ।
कार्यक्रममा स्थानीय बुद्धिजीवीहरूको सक्रिय सहभागितामा विभिन्न सहभागितात्मक विधिहरू प्रयोग गरी अध्ययन तथा छलफल समेत गरिएको थियो । जसअन्तर्गत घरधुरी सर्वेक्षण, गतिशील नक्साङ्कन, सम्बन्ध नक्सा, सामाजिक स्रोत नक्सा, मौसमी पात्रो तथा सम्पन्नता स्तरीकरण विधिमार्फत स्थानीय अवस्था, स्रोतसाधन र सम्भावनाको पहिचान गरिएको कमलामाई नगरपालीकाले जानकारी दिएको छ ।
कार्यक्रमबाट स्थानीय आवश्यकता, उपलब्ध स्रोतसाधन तथा बजार सम्भाव्यतालाई मध्यनजर गर्दै लक्षित सहभागीहरूलाई नयाँ उद्यमी समूह गठन गर्न सहजीकरण गर्नुका साथै स्थानीयस्तरमा सञ्चालन गर्न सकिने सम्भावित उद्यम तथा सीप छनोटका लागि सहयोग पु¥याइएको छ ।


