ठुलो एकादशीमा हरिहरपुरगढीमा सार्वजनिक बिदा
सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले राई समुदायको मुख्य पर्व हरिबोधिनी एकादशी (ठुलो एकादशी) को अवसरमा मंसिर ४ गते शुक्रबार स्थानीय बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिका कार्यालयको आज एक सूचना प्रकाशन गर्दे मंसिर ३ गतेको निर्णयअनुसार गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय तथा अन्य शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र सार्वजनिक संघसंस्थाहरूमा स्थानीय बिदा दिने निर्णय गरिएको हो ।

यसै अवसरमा गाउँपालिकाले गाउँपालिकावासी तथा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण राई समुदायलाई हरिबोधिनी एकादशी (ठुलो एकादशी) को हार्दिक मंगलमय शुभकामना समेत व्यक्त गरेको छ ।
प्रतिक्रिया


