सिन्धुलीमा आमाको नामबाट १४ जनाले लिए नागरिकता
सिन्धुली/जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट २०८३ वैशाख महिनादेखि कात्तिकसम्मको अवधिमा आमाको नामबाट १४ जनाले नागरिकता प्राप्त गरेका छन् ।
नागरिकता लिनेमा ११ जना महिला र ३ जना पुरुष रहेका जिल्ला प्रशासन कार्यालय सिन्धुलीको तथ्यांक छ ।
सात महिनाको अवधिमा नयाँ नागरिकता लिनेको संख्या ९ हजार २४५ रहेको छ । जसमा ६ हजार २३६ जना महिला र ३ हजार ९ जना पुरुष रहेका जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत प्रवीण कटवालले जानकारी दिनुभयो ।
त्यस्तै उहाँको अनुसार सोही अवधिमा नागरिकताको प्रतिलिपि लिनेको संख्या भने ९ हजार १३२ रहेको छ । प्रतिलिपि लिनेमा ५ हजार ५४६ जना महिला र ३ हजार ५८६ जना पुरुष रहेका छन् ।
प्रशासनको तथ्यांक अनुसार नयाँ नागरिकता तथा प्रतिलिपि लिनेमा महिलाको संख्या पुरुषको भन्दा बढी देखिएको छ । यसैबीच आमाको नामबाट नागरिकता प्राप्त गर्ने १४ जनाको विवरणले पनि नागरिकता वितरणमा आमाको नामबाट नागरिकता लिने अभ्यासलाई उजागर गरेको छ ।


