• पाँच वर्षका लागि जनताले चुनेर पठाएका स्थानीय तहका जनप्रतिनीधिहरुको कार्यकाल सकिनै लागेको छ । सरकारले स्थानीय तहको दोश्रो कार्यकालको लागि चुनावको घोषणा समेत गरिसकेको छ । यस अघिको निर्वाचनका समयमा उमेद्वारहरुले जनताको भोट बटुल्न निकै आश्वासनहरु बाँडेको कुरा सवैलाई थाहा छ । त्यतिमात्र नभएर चुनावका बेला उमेद्वारहरुले जनताका नाममा सयौँ प्रतिवद्धताहरु छापेर बाँड्न भ्याएका थिए । निर्वाचित भएपछि जनप्रतिनीधिहरुले गरेका प्रतिवद्धताहरु कत्तिको पूरा भए ? यसै सन्दर्भमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष किरण माझि संग हामीले ५ प्रश्न राखेका छौँ ।

    १) निर्वाचनमा गुर्नभएको प्रतिवद्धता अनुसारका कामहरु कति पूरा भए ?
    – म निर्वाचनमा जाँदा कुनै घोषणा पत्र निकालेको त थिईन । तर जनतामाझ जाँदा गरेका प्रतिवद्धताहरु करिब करिब ८० प्रतिशत भन्दा वढी पूरा गरेको छु । जनताका अतिआवश्यकीय विकासका कामहरु खानेपानी, बाटो, शिक्षा, स्वास्थ्य र सिचाइ जस्ता विकास निर्माणका कामहरुलाई प्राथमिकतामा काम गरिएको छ । त्यस मध्य ८० प्रतिशत जनताको घरमा खानेपानीको सुविधा पु¥याउन सफल भएका छौँ । २० प्रतिशत घरधुरीमा विकटताका कारण खानेपानी मुहानको समस्या हुँदा खानेपानीको सुविधा पु¥याउन सकिएन । बाटो सबैको घर घरमा पुगेको छ । सबैको घर घरमा कम्तिमा ट्याक्टर पुग्न सक्ने भएको छ । शिक्षा क्षेत्रमा सबै विद्यालयहरुलाई भौतिक पूर्वधार र शैक्षिक सामाग्रि पु¥याउने योजना थियो । पहिलो दुई वर्ष सबै बजेट वडाबाट नै वितरण हुँदा शिक्षाको क्षेत्रमा पनि राम्रो काम गरेको थिएँ तर कमलामाई नगरपालिकाले पछिल्लो दुई वर्ष देखि लक्षित वर्गको र विषयगत शिर्षकको बजेट सम्बन्धित शाखाबाट नै कार्यान्वयन हुने व्यवस्था गरेकोले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सोचेको जस्तो कार्यक्रमहरु हुन सकेन ।

    २) वडा अध्यक्ष भएपछि सम्झनलायक काम के के गर्नुभयो ?
    – मेरो कार्यकालमा मैले खानेपानी र बाटो निर्माणको उल्लेख्य प्रगति गरेको छु । यो कार्यकालमा मुख्य उपलब्ध भनेको नै खानेपानी सुविधा र प्रत्यक टोल तथा घर घरमा बाटो पु¥याउन सफल भएका छौँ । विद्यालयमा शैक्षिक सामाग्रि तथा स्तरोन्नतीको काम भएका छन् । वडामा एउटा सार्वजनिक सभा हल निर्मण भएको छ । यी लगायतका अन्य कामहरु पनि सम्पन्न भएका छन् ।

    ३) स्थानीय तहमा भ्रष्टाचार बढिरहेको छ भनिन्छ । भ्रष्टाचार नियन्त्रण गर्न के कस्तो पहल गर्नुभयो ?
    – कमलामाई नगरपालिकामा भ्रष्टाचारको अवस्था कस्तो छ भन्ने कुरा म यकिनका साथ भन्न सक्दिन । ब्यापक भ्रष्टाचार भयो भनेर चर्चा हुने गरेको छ । मसँग कुनै प्रमाण छैन । तर मेरो वडामा चाहिँ शुन्य नै छ । म पनि विश्वस्त छु । मैले पनि मासिक पारिश्रमिक र बैठक भन्दा कुनै पनि सुविधा लिएको छैन । कमलामाई नगरपालिकामा भ्रष्टाचार निवारणका लागि रणनीति नै निर्माण गरेर कार्यान्वयन गरौं भनेर मेरो पार्टी र मैले पटक पटक दवाव दियौं तर त्यस्तो खालको काम हुन सकेन । स्थानीय तहलाई भ्रष्टाचार मुक्त बनाउन सबैले रणनीति नै निर्माण गरेर अघि वढ्नुपर्छ भन्ने मलाई लाग्छ ।
    ४) नेपाल सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । आगामी निर्वाचनमा तपाईंको उमेद्वारी केमा रहन्छ ?
    – मेरो उमेद्वारी फेरी पनि वडा अध्यक्षमा नै रहन्छ । जनताले चाहाँदा र पार्टीले विश्वास ग¥यो भने फेरी वडा अध्यक्षमा नै दोहो¥याउने मनस्थितिमा छु । यो पहिलो कार्यकाल मेरा लागि सिकाइ भयो । केहि महत्वपूर्ण कार्यहरु पनि गर्न सफल भएको छु । केहि अपुरा कामहरु पनि गर्नु छ । त्यसका लागि पनि वडा अध्यक्षमा दोहो¥याउने मेरो चाहाना छ ।

    ५) अहिलेको निर्वाचन प्रणली निक्कै खर्चिलो छ भनिन्छ । तपाईंले कति खर्च गरेर निर्वाचित हुनुभयो र खर्च कम गर्न के गर्नुपर्छ जस्तो लाग्छ ?
    – नेपाल सरकारले निर्वाचनमा खर्च गर्न पाउने मापदण्ड त वनाएको छ । ऐन निर्माण पनि गरेको छ तर त्यसलाई कार्यान्वयन गर्न सकिएको छैन । व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । ऐनलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारले संयन्त्र परिचालन गर्नुपर्छ । निर्वाचनमा आफूले मात्र कम खर्च गर्छु भनेर नहुने रहेछ । प्रतिस्पर्धिले खर्च गरेपछि प्रतिस्पर्धामा उत्रिनु पर्ने बाध्यता हुन्छ । खर्च नगरी जितिदैन भन्ने मानसिकता बढेको छ । तर यो गलत परिपाटी हो भन्ने मलाई लाग्छ ।