• सुरुमा सबैले विश्वास गर्छ प्यार गर्छ ।
    कसले सोच्छ र आफ्नाले गद्दार गर्छ !!

    महोदय ! बाँचुन्जेल हो दुनियाँले खुट्टा तान्ने ।
    मरे पछि दुश्मनले पनि जयजयकार गर्छ !!

    तपाईं पागल भन्नु हुन्छ, कि असल प्रेमी ।
    जो छाडि गएको प्रेमीकाको ईन्तजार गर्छ !!

    दुश्मनले काट्दा नदुख्ने मन त्यतिखेर दुख्छ ।
    जब आफन्तले औकात हेरेर व्यवहार गर्छ !!

    झ्याल ढोका बन्द छ मध्य रातमा र पनि ।
    तिम्रो यादहरु दिलसम्म कसरी सवार गर्छ !!

    जीवनको अन्तिम गन्तव्य आर्यघाटसम्म हो ।
    दुनियाँ कहाँसम्म पुग्नलाई यति हतार गर्छ !!


    कृष्ण थिङ
    मरिण गाउँपालिका,सिन्धुली
    हाल कोरिया