तीन दिने कला महोत्सवको समापन
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौली स्थित कलाघरमा आयोजना गरीएको तीन दिने कला महोत्सवको आज समापन गरीएको छ ।
नेपाली मौलिक कला संस्कृतिको प्रचार तथा आन्तरिक बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सिन्धुली कलाघरको प्राङ्गणमा आयोजना गरिएको कला महोत्सव गत सोमबारबाट सुरु भएको थियो ।
कलाघरलाई विश्वका १९५ देशलाई कला मार्फत सजाई वल्डआर्ट हाउसको रुपमा बिकास गर्ने दीर्घकालीन योजना रहेको र लक्ष्य पूरा गर्न रात दिन नभनी खटीरहेको कलाघरका अध्यक्ष सुमन थापामगरले सिन्धलीखबर लाई जानकारी दिनुभयो । उहाँको अनुसार महोत्सवकै अवसर पारेर मादल बादकहरुको उपस्थितीमा सिन्धुली कलाघरमा नवनिर्मित दुई सय जना अटाउने हल सहितको मादल घरको समेत समुद्घाटन गरिएको छ ।
तिन दिन सम्म संचालन भएको महोत्सवमा पराम्परागत दर्शक सहभागितामा खेल खेल, मौलिक झाँकी लोकनृत्य तथा लोकबाजाहरुको प्रदर्शन, चित्रकला, मुर्तीकला र हस्तकला प्रदर्शन गरिएको थियो ।त्यसैरी लागुपदार्थ दुब्र्यसनी,महिला हिंसा, सरसफाइ तथा अन्य समसामयिक बिसयमा तयार पारिएको नाटक समेत महोत्सबमा प्रस्तुत गरिएको थियो ।

