कमलामाईमा सातौँ मेयर कप तथा उपमेयर कप भलिबल प्रतियोगिता हुने

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकामा सातौँ मेयर कप तथा उपमेयर कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

कमलामाई नगर खेलकुद विकास समितिले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना सार्वजनिक गर्दै प्रतियोगिता सञ्चालनबारे जानकारी दिएको हो ।

समितिद्वारा सार्वजनिक सूचना अनुसार प्रतियोगिता आगामी मंसिर २५ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ । कमलामाई नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता अन्तर्गत वडा स्तरीय मेयर कप तथा विद्यालय स्तरीय उपमेयर कप भलिबल प्रतियोगिता सञ्चालन गरिनेछ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा पहिचान तथा प्रस्फुटन गर्न, खेलकुद क्षेत्रको विकास गर्न र नयाँ खेलाडीहरूलाई प्रोत्साहन गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताले नगरभित्र खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।

समितिले प्रतियोगितामा सहभागी हुन सम्पूर्ण खेलाडी, विद्यालय, खेलप्रेमी तथा नगरवासीहरूलाई सक्रिय सहभागिता र उपस्थितिका लागि हार्दिक अनुरोध समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *