वडा स्तरीय म्याराथन प्रतियोगिता समापन

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ९ र कमलामाई वडन स्तरिय बाल संजालको आयोजनामा स्वास्थ्य, खेलकुद र आपसी सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरीएको वडा स्तरीय म्याराथन प्रतियोगिता २०८३ समापन भएको छ ।

वडा नं. ९ का वडा अध्यक्ष विनोद प्रधानको अध्यक्षतामा तथा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नगर उपप्रमुख मञ्जु देवकोटा र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू, नगरपालिकाका सूचना प्रविधि शाखा र जिन्सी शाखा प्रमुख, इलाका प्रहरी कार्यालय, भिमान स्वास्थ्य चौकी तथा रानीवास स्वास्थ्य चौकीका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी वडा क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय, वडा स्तरीय बाल क्लब, न्यायिक समिति, नेपाल रेडक्रस सोसाइटी भिमान, युवा क्लब, वडा परिवार, अभिभावक, स्थानीय भद्रभलादमी तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

करिब ३५० जनाको सहभागिता रहेको उक्त प्रतियोगितामा बालबालिका, युवा तथा विभिन्न उमेर समूहका नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो भने प्रतियोगिता आठ वटा उमेर समूहमा विभाजन गरी सञ्चालन गरिएको थियो । सहभागीहरूले खेलकुदप्रतिको रुचि, उत्साह र खेल भावना प्रदर्शन गर्दै प्रतियोगितालाई थप आकर्षक बनाएका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा मेडल प्रदान गरी सम्मान समेत गरिएको थियो ।

प्रतियोगिताले बालबालिका, युवा तथा आम नागरिकमा खेलकुदप्रतिको आकर्षण अभिवृद्धि गर्नुका साथै शारीरिक तथा मानसिक स्वास्थ्य, अनुशासन, आत्मविश्वास, आपसी सद्भाव र सामाजिक एकता प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने नगर प्रमुख पोखरेले व्यक्त गर्नु भयो ।

त्यसैगरी आफ्नो मन्तव्य राख्दै नगर उपप्रमुख मञ्जु देवकोटा ज्यूले खेलकुद स्वस्थ, अनुशासित र सभ्य समाज निर्माणको महत्वपूर्ण आधार भएको बताउनुभयो । खेलकुद बालबालिका तथा युवाका लागि मात्र नभई सबै उमेर समूहका नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि उत्तिकै आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा वडा नं.९ का वडा अध्यक्ष कार्यक्रम सफल बनाउन सहयोग तथा सहभागिता जनाउनुहुने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, विद्यालय परिवार, संघसंस्था, खेलप्रेमी, सहभागी नागरिक तथा सहयोगी महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दे उहाँले प्रतियोगितामा विजयी सम्पूर्ण सहभागीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियोे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *