गोलन्जोरमा असोज २८ देखि उपाध्यक्ष कप भलिबल, विजेतालाई ५ हजार पुरस्कार

सिन्धुली/ गोलन्जोर गाउँपालिकामा ‘उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।

गाउँपालिकाको आयोजनामा तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा असोज २८ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

प्रतियोगिता गोलन्जोर–५ स्थित खनियाखर्क खेल मैदानमा हुनेछ। गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै इच्छुक टिमलाई असोज २६ गतेभित्र दर्ता गर्न आग्रह गरेको छ ।

टिम दर्ताका लागि खेलाडीको विवरणसँगै नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजका दुईवटा फोटो बुझाउनुपर्नेछ। प्रत्येक टिममा कोचसहित १० जना खेलाडीको विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतियोगितामा गोलन्जोर गाउँपालिकाभित्रका खेलाडीले मात्रै सहभागिता जनाउन पाउनेछन्। बाहिरी पालिकाका खेलाडी सहभागी गराएको पाइए सम्बन्धित टिमलाई प्रतियोगिताबाट स्वतः निष्कासन गरिने आयोजकले जनाएको छ ।

गाउँपालिकाका सातवटै वडाले प्रतियोगितामा टिम सहभागी गराउन पाउनेछन्। एक वडाबाट बढीमा दुई टिम सहभागी हुन पाउने भए पनि वडा नम्बर ५ बाट भने तीन टिमसम्म सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

प्रतियोगिता प्रचलित भलिबल नियमअनुसार सञ्चालन हुनेछ। खेलका क्रममा विवाद उत्पन्न भए रेफ्रीको निर्णय अन्तिम हुने आयोजकले जनाएको छ। सहभागी खेलाडीका लागि जर्सी अनिवार्य गरिएको छ।

प्रतियोगितामा सहभागी खेलाडीहरूको खाना तथा बसोबासको व्यवस्था आयोजकले गर्नेछ। खेलका क्रममा खेलाडी घाइते भए प्राथमिक उपचारको व्यवस्था गरिने भए पनि प्राथमिक उपचारबाहेकको उपचार खर्चको जिम्मेवारी आयोजकले नलिने जनाएको छ।

आयोजकको अनुसार प्रथम हुनेलाई ५ हजार रुपैयाँ,दोस्रो हुनेलाई ३ हजार रुपैयाँ तेस्रो हुनेलाई २ हजार रुपैयाँ र सान्त्वनाः १ हजार रुपैयाँ प्रदान गरीने छ । त्यस्तै उत्कृष्ट खेलाडीलाई २ हजार ५ सय रुपैयाँ ,उत्कृष्ट स्पाइकरलाई २ हजार रुपैयाँ,बेस्ट लिब्रोलाई २ हजार रुपैयाँ र बेस्ट सेटर २ हजार रुपैयाँ दिईने छ ।

गाउँपालिकाले स्थानीय स्तरमा खेलाडीको क्षमता पहिचान तथा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *