सिन्धुलीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै, नगर प्रमुखले उद्धघाट गर्ने

सिन्धुली/सिन्धुलीमा भोली सोमबारबाट १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ ।

सिन्धुली जिल्ला खेलकुद विकास समितिको अनुसार प्रतियोगिता ८ गतेदेखि १० गतेसम्म अर्थात ३ दिन सम्म कमलामाई नगरपालिका ६ स्थित खुल्लामञ्चमा सञ्चालन हुने छ ।

तिन दिन सम्म संचालन हुने उक्त प्रतियोगितामा महिला तथा पुरुषतर्फ भलिबल, कराते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, उसु लगायतका खेलहरू समावेश गरिएको छ ।

प्रतियोगिताको भोली बिहान सोमबार १० बजे कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले उद्धघाट गर्नुहने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *