दोस्रो राष्ट्रिय कोदो दिवस : सिन्धुलीमा १० उत्कृष्ट कृषक सम्मानित, कोदोजन्य परिकार प्रदर्शनी

 

सिन्धुली/सिन्धुलीमाढीमा दोस्रो राष्ट्रिय कोदो दिवसको अवसरमा कोदो उत्पादन, संरक्षण तथा प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएका १० जना उत्कृष्ट कृषकहरुलाई सम्मान गरीएको छ ।

“कोदोबालीको संरक्षण र प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा संवद्र्धन“ भन्ने मूल नारासहित जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले आयोजना गरेको कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहमा व्यावसायिक रूपमा कोदो खेती गर्दै आएका कृषकलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

सम्मानित हुने कृषकहरुमा कमलामाई नगरपालिका–४ का तारा शर्मा, जमुना कुमारी पुरी ,कल्पना विसंखे, कमलामाई नगरपालिका–९ की गीता कुमारी दाहाल, कमलामाई नगरपालिका–१ की इन्दु कुमारी थापा, फिक्कल गाउँपालिका–६ का लोकेन्द्र कार्की, घ्याङलेख गाउँपालिका–१ का गणेश बहादुर ङ्यासुर, गोलन्जोर गाउँपालिका–३ का पदम बहादुर दमाई, मरिण गाउँपालिका–१ का हर्कबहादुर भोलन तथा सुनकोशी गाउँपालिका–२ का विषब हादुर मग्राती रहेका छन् ।

कार्यक्रममा कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले जिल्लामा हाल १० हजार ७४२ हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको जानकारी दिनुहुँदै कोदो कम लागतमा उत्पादन गर्न सकिने, पोषणयुक्त तथा जलवायु परिवर्तनको असर कम पर्ने महत्वपूर्ण खाद्यान्न बाली भएकाले यसको उत्पादन र उपभोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

त्यस्तै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख तथा कार्यक्रमका अतिथि समेत रहनु भएको कार्साङ लामाले कोदो खेतीले किसानको आयआर्जन वृद्धि गर्नुको साथै स्थानीय खाद्य सुरक्षामा पनी निकै महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

साथै उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन श्रेष्ठले कोदोबाट उत्पादन हुने खाद्य परिकारको व्यावसायिक विकास, ब्रान्डिङ र बजारीकरण गर्न आवश्यक रहेका बताउदै स्थानीय उत्पादनलाई आधुनिक बजारसँग जोड्न सके कोदो खेतीलाई अझ लाभदायी व्यवसायका रूपमा विकास गर्न सकिने बताउनुभयो ।

दिवसकै अवसरमा कृषि विकास कार्यालय सिन्धुली र सौगात लघु उद्यम सहकारी संस्था लिमिटेड, कमलामाई–६ को संयुक्त आयोजनामा सिन्धुलीमाढी स्थित लोकतान्त्रिक चौतारामा कोदोजन्य परिकारको प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा सेलरोटी, भक्का, कोदोको पिठो, केक, ब्रेड, कुकीज, मःमः, मिठाई लगायत परम्परागत तथा आधुनिक परिकारहरु समेत राखिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *