• पुस २५, सिन्धुली/जिल्ला स्तरिय लोक नृत्य तथा गायन प्रतियोगिताका लागि पालिका स्तरिय प्रतियोगि छनोट कार्यक्रम यहि माघ २ गते हुने भएको छ ।

    जिल्लामै पहिलो पटक वारियर डान्स सेन्टर सिन्धुलीले आयोजना गरेको सो प्रतियोगिताको लागि पालिका स्तरमा प्रतियोगि छनोट माघ २ गते हरिहरपुरगढी गाउँपालिकाको मावि महेन्द्रझ्याडीमा हुने भएको हो । ‘सिन्धुली लोक स्टार सिजन १’ को लागि नौ वटै पालिकाका निजी तथा सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरु समावेश हुन पाउनेछन् ।

    जसको पहिलो चरणको कार्यक्रम अन्र्तगत जिल्ला स्तरियका छनोटको लागि पालिका स्तरिय प्रतियोगिता सन्चालन हुने कार्यक्रम संयोजक सन्तोष नेपालीले जानकारी दिनुभयो । पालिका स्तरिय कार्यक्रम मरिण गाउँपालिकाको माघ ३ गते कपिलाकोट मावि छापमा, फिक्कल गाउँपालिकाको माघ ५ गते सुनकोशी मावि खागोलन्जोरमा माघ ६ गते कौसिका मावि ग्वाल्टारमा हुने नेपालीले बताउनु भयो ।

    त्यस्तै सुनकोशी गाउँपालिकाको माघ ७ गते प्रगतिशिल मावि बोहोरेटारमा,घ्याङलेख गाउँपालिकाको माघ ९ गते मावि हायुटारमा, तिनपाटन गाउँपालिकाको माघ ११ गते मावि लाम्पान,बतासेमा, दुधौलि नगरपालिकाको माघ १३ गते सनराइज बोडिङ स्कुलमा र कमलामाई नगरपालिको माघ १५ गते जनज्योति मावि फोस्रेटारमा गरिने जनाइएको छ ।

    ९ वटै पालिकामा प्रथम चरणको प्रतियोगिताबाट प्रथम, दोस्रो र तेस्रो हुने विद्यालय तथा विद्यार्थीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने नाच तथा गायनमा उत्कृष्ठ हुने विद्यालय र विद्यार्थीलाई जिल्लामा जिल्ला स्तरिय सिफारिस गरिने छ । अन्तिम तथा ग्राण्ड फाइनल माघ २७ गते (सोनाम ल्होछार) को दिन हुने आयोजकले जनाएको छ । जसमा पालिकाबाट छनोट भएका ९ उत्कृष्ठ नृत्य र ९ उत्कृष्ठ गायन प्रतियोगिहरु बिच प्रतिष्पर्धा गराइने छ ।

    प्रतियोगिताबाट एक जना नृत्य र एक जना गायन लाई सिन्धुली लोक स्टार सिजन १ को उपाधि प्रदान गरिने वारियर डान्स सेन्टर सिन्धुलीका सन्चालक तथा कार्यक्रम संयोजक सन्तोष नेपालीले जानकारी दिनुभयो । सिन्धुली लोक स्टार सिजन १ को पुरस्कार १ लाख (नृत्य तर्फ ५० हजार र गायन तर्फ ५०) रहेको घोषणा गरिएको छ ।

    विद्यार्थीहरुको लागि विद्यालयले पाठ्यक्रममा समेत समावेश गरिएको लोक नृत्य तथा लोक गायन पाठ्य सामाग्रीलाई प्रयोगात्मक सिक्नको लागि तथा बौद्धिक तथा विकासमा सघाउ पु¥याउनको उदेश्यले सिन्धुली लोक स्टार आयोजना गरिएको कार्यक्रम संयोजक सन्तोष नेपालीले बताउनु भयो ।