-
असोज १४, काठमाडौं/नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्यबृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिनुभएको छ ।
आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकमीहरूसँग कुरा गर्नुहुँदै सञ्चारमन्त्री रेखा शर्माले चाडपर्वको मुखमा जनताले चर्को मूल्यबृद्धि खेप्नुपर्ने मध्यनजर गरेर प्रधानमन्त्रीज्यूले मूल्यबृद्धि तत्काल रोक्ने र साबिककै मूल्य कायम गर्ने निर्देशन गर्नु भएको जानकारी दिनुभयो ।
आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६, खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ र हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
पुरानै मूल्य कायम हुँदा ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ हुनेछ । यस्तै, पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८०.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १८२ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८३ रुपैयाँ कायम हुनेछ ।
त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७०.५, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ प्रतिलिटर हुनेछ । आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ नै कायम हुनेछ ।
News Desk 0 response आइतवार, अशोज १४, २०८०

सम्बन्धित शीर्षकहरु
-
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
भिजेको जुत्ता
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८० -
कार्यक्रममै भक्कानीय गोपि आछामी
शुक्रबार, मंसिर ८, २०८०
-
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८० -
कार्यक्रममै भक्कानीय गोपि आछामी
शुक्रबार, मंसिर ८, २०८० -
पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीको अध्यक्षमा शरण..
शुक्रबार, मंसिर ८, २०८०
-
सिन्धुलीमा बस र मोटरसााइकल एक आपसमा ठोक्किदा..
सोमवार, मंसिर ४, २०८० -
सिन्धुलीमा छोराले रड प्रहार गरेर आफ्नै बुवाको..
बिहिबार, मंसिर ७, २०८० -
पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीको अध्यक्षमा शरण..
शुक्रबार, मंसिर ८, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
हायसले साईकललाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु
सोमवार, मंसिर ४, २०८०