• निजामती कर्मचारीहरुका समस्या समाधानमा सहयोग पुर्याउन, उनिहरुको हकहितका निम्ति शसक्त आवाज उठाउन विभिन्न संघ संगठनहरु स्थापना भएका छन् । यसमध्ये निजामती क्षेत्रमा सवैभन्दा जेठो संगठनको रुपमा नेपाल निजामती कर्मचारी संगठनलाई लिइन्छ । सिन्धुलीमा निजामती कर्मचारी संगठनले नयाँ नेतृत्व पाएको झण्डै एक महिना भएको छ । कमलामाई नगरपालिका वडा नं. ६ मा निर्माणाधिन आइसोलेसन भवन निर्माण सहयोगका लागि आर्थिक सहयोग गरेर संगठनले ’हुने विरुवाको चिल्लो पात’ को उदाहरण प्रस्तुत गरिसकेको छ । प्रस्तुत छः नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीको वर्तमान अवस्था, यसका गतिविधि र योजनाबारे संगठनका अध्यक्ष पुरुषोत्तम दाहाल संग सिन्धुली खवर डटकम तथा सिन्धुली अपडेट साप्ताहिकका लागि ध्रुवचन्द्र खड्काले गर्नुभएको कुराकानी ।

    १. नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीको अध्यक्ष पदमा निर्वाचित हुनुभएको एक महिना पुग्न लागेको छ । संगठनका गतिविधिहरुलाई कसरी अगाडी बढाउनुभएको छ ?
    – नयाँ आ.ब. ०७७/०७८ को प्रारम्भमा हामी अहिले सदस्यता नविकरण गरीरहेका छौँ । जिल्ला स्थित सवै कार्यालय र स्थानीय तहहरुमा रहेका कर्मचारीहरुको सदस्यता नविकरण गरीसके पश्चात दोस्रो चरणमा हामी जिल्लाका ९ वटै तहमा इकाइ कमिटी गठन गर्नेछौँ । त्यसका साथै प्रदेशमा समायोजन भएका जिल्ला स्थित प्रदेश कार्यालयमा रहेका कर्मचारीहरुको प्रदेश समन्वय कमिटि निर्माण गरी जिल्ला समितिलाई शसक्त ढगंले परिचालन गर्ने योजना छ । भर्खरै हामिले जिल्लामा अत्यन्तै महत्वका साथ हेरीएको कोरोना संक्रमितहरुको उपचारका लागि निर्मित आइसोलेशन भवन निर्माणका लागि रु. ५१,१११।– सहयोग ग¥यौं । यसका अलवा संगठनका नियमित कार्यक्रम संन्चालन भई रहेका छन् ।
    २. तपाईंको नेतृत्वकालमा संगठनले अलि बढि अपेक्षा राखेको छ भन्ने सुनिन्छ, यसलाई कसरी लिनुभएको छ ?
    – स्वभाविक रुपमा म माथि कर्मचारी साथीहरुले अलि बढी नै आशा र भरोसा राख्नुभएको मैले बुझेको छु । विगत देखि नै संगठन प्रतिको निरन्तर लगाब, कर्मचारीका समस्याहरु निडर र निर्भिक भएर राख्न सक्नु, खास गरेर प्रदेशमा समायोजन भएका कर्मचारीहरुलाई जिल्ला भित्र नै पदस्थापना गराउन खेलेको भूमिका, निरन्तर अध्ययन र विषयबस्तुलाई तार्किक ढंगले प्रस्तुत गर्न सक्नु जस्ता कारणले नै साथीहरुको रोजाईमा म परें भन्ने लाग्छ । कर्मचारी साथीहरुको यो आशालाई म मर्न दिन्न अपेक्षा भन्दा धेरै बढी गर्ने कोसिस गर्नेछु ।
    ३. अध्यक्षको सपथ ग्रहण गर्दा तपाईंले संगठनलाई सशक्त ढंगले अगाडी बढाउँछु भन्नुभएको छ, त्यसका लागि कस्तो योजना बनाउनुभएको छ ?
    – मैले माथि नै केही विगतका दृष्टान्त पस्किएँ जसले गर्दा संगठन शसक्त ढंगले अघि बढ्छ नै । सर्वप्रथम संगठन भनेको टिम वर्क हो, नेतृत्वले त्यस्लाई परिचालन गर्ने खुवि राख्ने हो । अहिले संगठनको टिममा पुरै युवा कर्मचारीहरुको जमात छ । पेशागत हकहित, कर्मचारीका समस्याहरु, आन्तरिक बैठक, नियमित कार्यक्रमका अलावा सेवा प्रवाहलाई नागरीक मुखि बनाउने र ‘जनतासंंग संगठन’ कार्यक्रम लाई जनताका विचमा पु¥याउने मेरो सोँच छ । जनमुखी प्रशासनको अलावा समाजिक विकास निर्माण र जनसरोकारका बिषयमा टे«ड युनियनलाई लगियो भने संगठनको साख अवस्य उँचो हुनेछ साथै आगामी टे«ड युनियनको निर्वाचनमा सिन्धुलीमा संगठनलाई सानदार ढंगले विजय गराउन मैले विशेष रणनितिका साथ संगठनलाई सशक्त बनाउछु नै ।
    ४. आगामी असोज २४ गते हुने ट्रेड युनियनको निर्वाचनमा संगठनलाई बिजयी गराउन तपाईको भूमिका कस्तो रहन्छ ?
    – निर्वाचनमा जान आन्तरिक तयारीहरु भैरहेको छ । कोभिड – १९ को कारणले बढीरहेको कोरोना सक्रमणले र यस्को त्रासले गतिविधिहरु संचालनमा असर परेको छ । साथीहरु संग फोनमै सम्वादहरु भैरहेको छ । सचिवालय अहिलेपनि सक्रिय छ । म र मेरो टीममा रहने सवै साथिहरुको प्रमुख मिसन आधिकारीक ट्र्ेड युनियनको निर्वाचनमा नेपाल निजामती कर्मचारी संगठनलाई सिन्धुलीमा विजयी गराउनु नै हो ।
    ५. निजामती संगठनहरु नाम मात्रका भए, कर्मचारीहरुको हक हितका लागि काम गर्न सकेनन् भन्ने आरोप लागिरहन्छ,यो आरोप मात्र होकी केहि सत्यता पनि छ ?
    – यो आरोप सरासर निराधार छ । निजामती क्षेत्रमा सवैभन्दा जेठो संगठनको रुपमा नेपाल निजामती कर्मचारी संगठन रहेको छ । यसको इतिहास गरिमामय छ । कर्मचारीका मुद्दा र पेशागत हकहितका सवालमा सवैभन्दा धेरै काम गरेको छ भने त्यो निजामती कर्मचारी संगठनले गरेको छ । ट्रेड युनियन अधिकार प्राप्ती, बढुवा प्रणालीमा सुधार, श्रेणी विहिनमा स्तरबृद्धी लागू, विमाकोषको सुविधा, निजामती कर्मचारी सन्तती छात्रबृत्तिको व्यवस्था, निजामती अस्पतालको स्थापना, निजामती आवास व्यवस्थाको सुरुवात, निजामती सेवामा समावेशिकरण, २४(घ)१ बढुवा व्यवस्थापन, एक दिनको तलब रकम बराबर ग्रेड, निजामती कर्मचारीले सहकारी संन्चालन गर्न पाउने व्यवस्था सहकारी ऐनमा समेटिनु, सरकारी बजेटमा “राष्ट्रसेवक हाइड्रो” निर्माण गर्ने योजना स्वीकृत गराउनु आदी यस्ता धेरै मुद्धाहरु संगठनले निरन्तर उठाएर नै उपलव्धि हाँसिल भएको हो । टे«ड युनियनले कर्मचारीका पक्षमा केही गरेन भनेर भम्रमा नपर्न म सम्पूर्ण निजामती कर्मचारी मित्रहरुलाई आग्रह गर्दछु । कर्मचारी हकहितका सवालमा संगठनले विगतमा पनि धेरै गरेको छ, अझै धेरै गर्न बाँकी छ त्यो गर्छ नै ।