भुमि प्रशासन कार्यालय सिन्धुलीद्वारा १८ करोड भन्दा धेरै राजस्व संकलन
सिन्धुली/भुमि प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८२/८३ मा १८ करोड ४७ लाख ५४ हजार १ सय १४ रुपैयाँ राजस्व संकलन गरेको छ ।
अंशबण्डा,घर जग्गा रजिष्टे«शन लगाएतका शिर्षकबाट १२ महिनाको अबधीमा उक्त राजस्व संकलन गरेको भुमि प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
कार्यालयको अनुसार मासिक विवरण हेर्दा साउनमा ७७ लाख १८ हजार ४ सय ९८ रुपैयाँ, भदौमा ७५ लाख ६१ हजार २ सय २२ रुपैयाँ, असोजमा ५८ लाख ५१ हजार ३ सय १ रुपैयाँ र कार्तिकमा ५९ लाख ७० हजार ६सय २४ रुपैयाँ राजस्व संकलन भएको थियो ।
मंसिर देखि भने राजस्व संकलन क्रमशः बढ्दै गएको कार्यालयको तथ्यांकले देखाएको छ । मंसिरमा १ करोड ५७ लाख ६८ हजार ३ सय ८४ रुपैयाँ, पुषमा २ करोड २ लाख ६४ हजार ९ सय ३० रुपैयाँ, माघमा १ करोड ७४ लाख ९३ हजार ८ सय ४९ रुपैयाँ, फागुनमा १ करोड ३० लाख २८ हजार ९ सय ३४ रुपैयाँ र चैतमा १ करोड ८१ लाख ८८ हजार ६ सय ४ रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै बैशाख महिनाको तथ्यांक हेर्दा बैशाखमा २ करोड ५४ लाख ४ हजार ४१ रुपैयाँ राजस्व संकलन भएको छ भने जेठमा १ करोड ८० लाख ५३ हजार २११ रुपैयाँ र असारमा २ करोड ९४ लाख ५० हजार ५ सय १६ रुपैयाँ राजस्व संकलन भएको छ । असार महिनाको संकलन आर्थिक वर्षकै सबैभन्दा बढी रहेको कार्यालयको तथ्यांकले देखाएको छ ।
वार्षिक तथ्यांकले आर्थिक वर्षको अन्तिम चार महिनामा राजस्व संकलन उल्लेखनीय रूपमा बढेको प्रस्ट देखिको छ । कार्यालयको अनुसार जग्गा खरिद–बिक्री, नामसारी, लिखत पारित तथा अन्य भूमि प्रशासनसम्बन्धी सेवाप्रतिको चाप बढ्दा राजस्वमा वृद्धि भएको हुन सक्ने अनुमान गरिएको छ ।
कार्यालयले आगामी आर्थिक वर्षमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै राजस्व संकलनलाई थप सुदृढ गर्ने लक्ष्य लिएको जानकारी दिएको छ ।


