-
असोज १०, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नं.५ मा वडा स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सोमबारबाट सुरु भएको छ । बडा दशैँ, दिपावली तथा छठ पर्व २०७९ को पावन अवसरमा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको हो ।
कमलामाई नगरपालिकाका नगर प्रमुख एवं प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि उपेन्द्र कुमार पोखरेल र वडा नं.५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्काले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गर्नुभयो । कमलामाई नगरपालिका, ५ नं.वडा कार्यालयको आयोजनामा सुरु भएको प्रतियोगितामा डबलतर्फ ११ टिमले सहभागिता जनाएका छन् । त्यस्तै सिंगलतर्फ ९ जनाले प्रतिष्पर्धा गर्नेछन् ।
वडा कार्यालयको आयोजनामा पहिलोपटक सन्चालन भएको प्रतियोगिताले आपसमा प्रतिष्पर्धा भन्दा पनि आपसी सौहार्द्रता एवं मित्रतालाई प्रोत्साहन गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ । कमलामाई नगरपालिका वडा नं.५ ले खेलाडीहरुको प्रोत्साहन तथा प्रवर्द्धनका लागि ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको भन्दै नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले वडा कार्यालयलाई धन्यवाद दिनुभएको छ । साथै पोखरेलले नगरक्षेत्रका खेलाडीहरुको संरक्षण र सहयोगमा नगरपालिकाले कुनै कन्जुस्याँइ नगर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।
प्रतियोगितालाई सहज रुपमा सम्पन्न गर्नका लागि प्रायोजकहरुले सहयोग समेत गरेका छन् । जसमा सिन्धुली अफसेट प्रेस एण्ड सिन्धु स्टेशनरी, धमिजा बहुउद्देश्यीय कृषि फर्म प्रा.लि, एस.ए.फर्निचर एण्ड फर्निसिङ सप्लायर्स, श्रेष्ठ ट्रेडर्स, न्यू कुमार फर्निचर एण्ड सप्लायर्स, शिद्धबाबा ज्वेलर्स, क्षितिज इन्टरप्राइजेज, वि.के.वि.कन्स्ट्रक्सन, लेखापढी व्यवसायी रमेश महतारा र बैंकर्स रामहरी कार्की रहेका छन् ।
News Desk 0 response सोमवार, अशोज १०, २०७९

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२