• जेठ १५, सिन्धुली/यस सिजनको इङ्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटी र चौथो स्थानको क्लव चेल्सीवीच यस सिजनको युरोपियन च्याम्पियन्स लिगको प्रतिष्पर्धा आज राती हुँदैछ । खेल आज राति १२ः४५ बजे पोर्चुगलको पोर्टोमा हुँदैछ ।

    यसअघिकास सबै खेलमा दर्शकलाई उपस्थित हुन दिइएको थिएन । तर यो फाइनल खेलमा दर्शकलाई पनि रंगशालामा प्रवेश दिइने समाचार माध्यमहरुले जनाएका छन् । सिटी पहिलो पटक फाइनलमा पुगेको हो भने चेल्सीले सन् २०१२ मा च्याम्पियनस लिग जितिसकेको छ । चेल्सीलाई पराजित गर्न सके सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्नेछ ।

    निकै महत्वपूर्ण मानिने च्याम्पियनस लिग हेर्न १६ हजार ५ सय दर्शकले प्रवेश पाउने बताइएको छ । स्पेनिस महारथि मानिने क्लवहरु बार्सिलोना, रियल मड्रिड र एथलेटिको मड्रिड यसपटक लिग बाहिरै छन् । फाइनलको यात्रा तय गर्न सिटीले फ्रेन्च क्लव पिएसजीलाई पराजित गरेको हो भने चेल्सीले स्पेनिस महारथी रियल मड्रिडलाई पराजित गरेको हो ।