• काठमाण्डौ/विश्व प्रसिद्ध फुटबल स्टार डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाका फुटवल स्टार म्याराडोनाको बिहीबार निधन भएको बिबिसी सहित अन्य मिडियाहरुले समाचार प्रकाशित गरेका छन् । केही दिनअघि मात्र उनको ब्रेन ब्लड क्लटको सर्जरी गरिएको थियो । हृदयघातका कारण उनको निधन भएको जनाइएको छ ।
    डिएगो म्याराडोनाकै कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेको थियो । उनले अर्जेन्टिनाका तर्फबाट ३४ गोल गरेका थिए । विश्वकपका ९१ म्याच खेलेका म्याराडोनाले बार्सिलोना र नापोली क्लबका लागि पनि खेलेका थिए । फुटवल स्टार म्यारोडोनाले आफ्नो ३७ औं जन्मदिन पारेर सन् १९९७ मा फुटबल खेलजीवनबाट सन्यास लिएका थिए ।