-
पुस २०, सिन्धुली/ललितकला प्रज्ञाप्रतिष्ठान नेपाल र राष्ट्रिय कलाघर सिन्धुलीको संयुक्त ‘कला कार्यशाला’ आयोजनामा नेपालका १९ जना बरिष्ठ चित्रकारहरुले कोरेका क्यानभास चित्र आज कलाघरलाई हस्तानरण गरिएको छ ।
ललितकला प्रज्ञाप्रतिष्ठान नेपाल उपकुलपति लालकाजि लामाको अध्यक्षता तथा बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा ३ दिन सम्म कला घरमा नै बसेर कोरिएका क्यानभास चित्र कला घरलाई हस्तानतरण गरिएको हो ।
News Desk 0 response शुक्रबार, पुस २०, २०८०
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले कलाचेत भनेको नै कालचेत हो भन्नुभएको छ । उहाँले समाज र प्रकृति नै कला सिर्जनाको श्रोत हो र कलालाई व्यावसायिकरण गर्दै जानसके कलाले संस्कृतिको संरक्षण, रोजगारीमा वृद्धि र समग्र आर्थिक समृद्धिमा पनि टेवा पु¥याउन सक्ने बताउनु भएको छ ।
तर आज पनि कला क्षेत्रलाई अनुत्पादक क्षेत्र सम्झेर आवश्यक नीति, कानुन, संरचना र बजेटको विनियोजन गर्ननसक्दा कला क्षेत्र र कला सर्जकहरू खुम्चिएर बसेका मन्त्री श्रेष्ठले बताउनु भयो । कलाघरले ललितकला प्रज्ञाप्रतिष्ठानसँग सहकार्य गरेर कला सिर्जना गरेकोमा उहाँले खुसि व्यक्त गर्नुभयो ।
“मन्त्रिहरु काम गर्दैनन झण्डा हल्लाउदै हिड्छन् भन्ने आरोप खेपीरहदा काम गर्नको निम्ती आफु सक्रिय भएर लाग्दा पनि कतिपय काुननी अड्चनका कारण सोचे जस्तो काम गर्न सकेको छैन । राज्यका तिनै तहका सरकारको नीति तथा कार्यक्रममा कला र संस्कृति संरक्षण, प्रबद्र्धनमा सहयोग गर्ने भनिएपनि त्यसका लागि विकास गर्ने भन्ने शब्दनै थपिएको छैन । अलिअलि भएकोलाई पनि कार्यान्वयन गर्न केन्द्रिय सरकार बाधक बन्दै गएको छ,’ मन्त्री श्रेष्ठले गुनासो गर्नुभयो ।
उहाँले कलाघरले गरिरहेको अमुल्य कार्यप्रति व्यक्तिगत र बागमति प्रदेश सरकारद्धारा सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
ललितकला प्रज्ञाप्रतिष्ठान नेपालका उपकुलपति लालकाजि लामाले कलाघार सिन्धुलीलाई बागमति प्रदेशको प्रदेशस्तरिय संगा्रहलय बनाउनको निम्ति तयारी भइरहेको बताउनुभयो । उहाँले कलाघारलाई प्रदेशस्तरिय संग्राहलय बनाउनको निम्ती ललितकला प्रज्ञाप्रतिष्ठानबाट पहल गर्नुपर्ने भुमिकाहरुको आन्तरिक छलफल भइरहेको बताउनु भएको हो ।
ललितकला प्रज्ञाप्रतिष्ठान अनुसन्धान,सिर्जना र सम्मान भन्ने अभियानको साथ अगाडि बढिरहेको बताउनुहुँदै लामाले हिजोका परपम्रागत कलाकारले कुन स्तर चुमेको थियो र आजका कालाकारहरुलाई त्यो स्तर सम्म उठाउन सक्यौँ कि सकेनौँ भन्ने कुरा प्रमुख होला तर नेपाली कलाकार जन्मीसकेको दाबि गर्नुभयो ।
सम्बन्धित शीर्षकहरु
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको म्याद गुज्रेका सामग्री जफत गरी नष्ट
मङ्लबार, जेष्ठ १, २०८१गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु
मङ्लबार, जेष्ठ १, २०८१सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१मरिण गाउँ कमिटिको मुखपत्र ‘मरिण जागरण’ विमोचन
सोमवार, बैशाख ३१, २०८१-
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१ -
मरिण गाउँ कमिटिको मुखपत्र ‘मरिण जागरण’..
सोमवार, बैशाख ३१, २०८१ -
जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६..
आइतवार, बैशाख ३०, २०८१
-
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१ -
जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६..
आइतवार, बैशाख ३०, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१
-
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१