• पुस २०, सिन्धुली/ललितकला प्रज्ञाप्रतिष्ठान नेपाल र राष्ट्रिय कलाघर सिन्धुलीको संयुक्त ‘कला कार्यशाला’ आयोजनामा नेपालका १९ जना बरिष्ठ चित्रकारहरुले कोरेका क्यानभास चित्र आज कलाघरलाई हस्तानरण गरिएको छ ।

    ललितकला प्रज्ञाप्रतिष्ठान नेपाल उपकुलपति लालकाजि लामाको अध्यक्षता तथा बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा ३ दिन सम्म कला घरमा नै बसेर कोरिएका क्यानभास चित्र कला घरलाई हस्तानतरण गरिएको हो ।
    कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले कलाचेत भनेको नै कालचेत हो भन्नुभएको छ । उहाँले समाज र प्रकृति नै कला सिर्जनाको श्रोत हो र कलालाई व्यावसायिकरण गर्दै जानसके कलाले संस्कृतिको संरक्षण, रोजगारीमा वृद्धि र समग्र आर्थिक समृद्धिमा पनि टेवा पु¥याउन सक्ने बताउनु भएको छ ।
    तर आज पनि कला क्षेत्रलाई अनुत्पादक क्षेत्र सम्झेर आवश्यक नीति, कानुन, संरचना र बजेटको विनियोजन गर्ननसक्दा कला क्षेत्र र कला सर्जकहरू खुम्चिएर बसेका मन्त्री श्रेष्ठले बताउनु भयो । कलाघरले ललितकला प्रज्ञाप्रतिष्ठानसँग सहकार्य गरेर कला सिर्जना गरेकोमा उहाँले खुसि व्यक्त गर्नुभयो ।
    “मन्त्रिहरु काम गर्दैनन झण्डा हल्लाउदै हिड्छन् भन्ने आरोप खेपीरहदा काम गर्नको निम्ती आफु सक्रिय भएर लाग्दा पनि कतिपय काुननी अड्चनका कारण सोचे जस्तो काम गर्न सकेको छैन । राज्यका तिनै तहका सरकारको नीति तथा कार्यक्रममा कला र संस्कृति संरक्षण, प्रबद्र्धनमा सहयोग गर्ने भनिएपनि त्यसका लागि विकास गर्ने भन्ने शब्दनै थपिएको छैन । अलिअलि भएकोलाई पनि कार्यान्वयन गर्न केन्द्रिय सरकार बाधक बन्दै गएको छ,’ मन्त्री श्रेष्ठले गुनासो गर्नुभयो ।
    उहाँले कलाघरले गरिरहेको अमुल्य कार्यप्रति व्यक्तिगत र बागमति प्रदेश सरकारद्धारा सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
    ललितकला प्रज्ञाप्रतिष्ठान नेपालका उपकुलपति लालकाजि लामाले कलाघार सिन्धुलीलाई बागमति प्रदेशको प्रदेशस्तरिय संगा्रहलय बनाउनको निम्ति तयारी भइरहेको बताउनुभयो । उहाँले कलाघारलाई प्रदेशस्तरिय संग्राहलय बनाउनको निम्ती ललितकला प्रज्ञाप्रतिष्ठानबाट पहल गर्नुपर्ने भुमिकाहरुको आन्तरिक छलफल भइरहेको बताउनु भएको हो ।
    ललितकला प्रज्ञाप्रतिष्ठान अनुसन्धान,सिर्जना र सम्मान भन्ने अभियानको साथ अगाडि बढिरहेको बताउनुहुँदै लामाले हिजोका परपम्रागत कलाकारले कुन स्तर चुमेको थियो र आजका कालाकारहरुलाई त्यो स्तर सम्म उठाउन सक्यौँ कि सकेनौँ भन्ने कुरा प्रमुख होला तर नेपाली कलाकार जन्मीसकेको दाबि गर्नुभयो ।