हरिहरपुरगढीमा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक ¥याली 

सिन्धुली/लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको आयोजनामा बुधबार सचेतनामूलक ¥याली कार्यक्रम भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ४ का अध्यक्ष कमल कुमार राई, वडा नं. २ का अध्यक्ष विश्व राईलगायतको उपस्थिति रहेको थियो ।

लैङ्गिक हिंसाको अन्त्य, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य तथा न्यायको सुनिश्चितताका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक सन्देश प्रवाह गर्दै हिंसामुक्त समाज निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइएको थियो ।

‘लैङ्गिक हिंसा अन्त्यका लागि एक्यबद्धता ः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नारासहित सञ्चालित अभियानले हिंसामुक्त, समानतामूलक तथा सुरक्षित समाज निर्माणमा सबैको साझा जिम्मेवारी र प्रतिबद्धता आवश्यक रहेको सन्देश दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *