हरिहरपुरगढी गाउँपालिकाबाटै दिन थालियो प्यान नम्बर

सिन्धुली/हरिहरपुरगढी गाउँपालिकाले स्थायी लेखा नम्बर प्यान सेवा उपलब्ध गराउन थालेको छ। गाउँपालिकाले आज कात्तिक १७ गतेदेखि यो सेवा सञ्चालनमा ल्याएको हो।

आज गाउँपालिकामा आन्तरिक राजस्व कार्यालय, बर्दिबासका कर अधिकृत तुलसादेवी पिठाकोटे, झमक रेग्मी र लक्ष्मण धमलाको उपस्थितिमा आधिकारिक रूपमा स्थायी लेखा नम्बर वितरण कार्यको शुभारम्भ गरिएको छ। स्थानीय व्यवसायीलाई प्यान नम्बर प्रदान गरेर सेवा शुभारम्भ गरिएको हो।

सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले यस सेवाको सुरुवातसँगै गाउँपालिकाभित्रका उद्योगी, व्यवसायी तथा सेवाग्राहीले स्थायी लेखा नम्बर प्राप्त गर्न टाढा जानुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमै सहज, सरल र सुलभ रूपमा करसम्बन्धी सेवा प्राप्त गर्न सक्ने बताउनुभयो।

स्थानीयस्तरमै सेवा प्रवाहलाई प्रभावकारी, सहज र नागरिकमैत्री बनाउने उद्देश्यले सुरु गरिएको यस सेवाबाट गाउँपालिकाभित्रका सम्पूर्ण सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ।सोही अवसरमा करदाताहरुलाई करदाता शिक्षासमेत प्रदान गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *