हरिहरपुरगढीमा चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते
भदौ १०, सिन्धुली/सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सोमबार साँझ पाँच पन्ध्र बजेको समयमा हरिहरपुरगढी गाउँपालिका – ३ माडिमा धानको झार गोड्ने क्रममा चट्याङ लागेर एकजनाको घटना स्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोहि गाउँपालिका वडा नम्बर १ शिखरकी ४० बर्षिय छलिमाया थिङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लले जानकारी दिनुभयो ।
चट्याङ लागेर सोहि स्थानकी अन्दाजी ४० बर्षिय लुकुमाया रुम्बा र उनकै छोरी १८ बर्षिय शुशिला रुम्बा घाइते भएका छन् । लुकुमायाको दाहिने खुट्टा देखि मुटु सम्म दुख्ने पोल्ने भइरहेको छ । त्यस्तै शुशिलाको दाइने कान नसुन्ने,शरिर दुख्ने पोल्ने भइरहेको छ ।
दुवैजनाको मकवानपुर स्थित लामा पोलिक्लीनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।