-
भदौ ५,सिन्धुली/नेकपा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले मुलुकलाई जारी अस्थिरताबाट निकास दिनका लागि नेपाली कांग्रेससँग गठबन्धन गरिएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल सिन्धुलीले आज पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
‘मुलुक भएमा हरेक परिवर्तनहरुमा एमाले र कांग्रेस एक ठाउँमा उभिएको इतिहास छ । बहुदलीय व्यवस्था ल्याउनदेखि वर्तमान संविधान निर्माणसम्म एमाले–कांग्रेस मिलेर काम गरेको थियो । मुलुकमा हरेकपटक संकटको अवस्था आउँदा दुई पार्टी मिलेर निकास दिँदै आएको छ,’ एमालेको पूर्वविदेश विभाग प्रमुखसमेत रहनुभएका भट्टराईले भन्नुभयो, ‘चरम राजनीतिक अस्थिरता अन्त्यका लागि अहिले फेरि एमाले र कांग्रेसबीच सहकार्य भएको हो ।’
उहाँले व्यवस्था विरोधी शक्तिहरुका कारण वर्तमान व्यवस्थामाथि नै प्रश्न उठ्न थालेकोले व्यवस्था जोगाउन दुई पार्टी एक ठाउँमा उभिएको बताउनुभयो । मुलुकलाई सही दिशामा अगाडि बढाउने शक्ति एमाले र कांग्रेसमात्रै भएको उहाँको दाबी छ ।
‘हरेक निर्वाचनको मूल्यांकन गर्दा एमाले र कांग्रेसले लगभग उस्तै मत पाइरहेको छ । तेस्रो शक्ति हावी हुँदा केही कम देखिए पनि धेरै घटेको होइन । पहिलो संविधानसभामा माओवादी हावी हुने बेलामा पनि एमाले–कांग्रेसको मत २०–२२ प्रतिशतको हाराहारीमा थियो । अब आगामी निर्वाचनमा पनि एमाले र कांग्रेस नै मुख्य प्रतिस्पर्धी हो,’ नेता भट्टराईले भन्नुभयो ।एमाले र कांग्रेसबीच चुनावी गठबन्धन भने नहुने उहाँले बताउनुभयो । सामान्य अवस्थामा पहिलो र दोस्रो पार्टी कहिल्यै सरकारमा नहुने र रहन नहुने उहाँको भनाइ थियो । तर, संक्रमणको बेला दुई ठूला पार्टी एक ठाउँमा आएर निकास दिनुपर्ने जिम्मेवारीका कारण वर्तमान सरकार बनेको दाबी गर्नुभयो ।
वर्तमान सत्ता समीकरण २०८४ को निर्वाचनसम्म निरन्तरता हुने नेता भट्टराईले बताउनुभयो । मुलुकको अर्थतन्त्र सुधार गर्न सरकारले प्रभावकारी रुपमा काम गर्ने उहाँले बताउनुभयो । वर्तमान सरकारको मुख्य लक्ष्य मुलुकमा लगानीको वातावरण निर्माण, रोजगारी अवसर सिर्जना, सुशासन कायम गर्नेसहित मुलुकको समृद्धिको आधार तय गर्ने रहेको नेता भट्टराईले प्रस्ट पार्नुभयो ।
News Desk 0 response बुधबार, भदौ ५, २०८१
सम्बन्धित शीर्षकहरु
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का
आइतवार, भदौ ३०, २०८१६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया
आइतवार, भदौ ३०, २०८१-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१