-
साउन २३,सिन्धुली/जिल्लाको सुनकोशी गाउँपालिका –५ रामटारमा बुधबारे हाटबजार संचालनमा आएको छ । हाटबजारको आज एक औपचारिक कार्यक्रमका बिच सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोराले उद्धघाटन गर्नुभएको हो ।
स्थानीयस्तरमा उत्पादन रैथाने, ताजा र अर्गानिक बस्तुहरु किनबेच गर्ने उदेश्यले प्रत्येक साताको बुधबार हाटबजार संचालनमा ल्याइएको अध्यक्ष बोहोराले बताउनुभयो । हाटबजार व्यवस्थीत नहुँदा कृषकले हैरानी बेहोर्नु परेको गुनासोको सम्बोधन गदैँ हाटबजार सन्चालनमा ल्याइएको अध्यक्ष बोहोराले भन्नुभयो ।
खुद्रा तथा अर्गानिक बस्तुको स्थानीय स्तरमै किनबेच गरेर कृषक ,व्यापारी ताथ उद्यमीलाई प्रोत्साहन गर्ने उपाध्यक्ष कपिल कुमार कोइरालाको भनाई छ । सुनकोशी गाउँपालिका र लि बर्ड संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा ३९ वटा स्टलहरु निर्माण गरि हाट बजार संचालनमा ल्याइएको छ ।
बुधबार (आज) हाट बजार संचालनको पहिलो दिन तरकारी, फलफूल, लोकल कुखुरा,कपडा,खाजानास्ता, लगायतका २९ वटा स्टल बाट ब्यापार भएको छ । स्थानीय साना किसानहरुलाई प्रोत्साहन गर्दै स्थानीय रैथाने, अर्गानिक बालीहरुलाई जनस्तर सम्म पुर्याउने र प्रोत्साहन गर्ने, स्यानीय उत्पादन लाई बजार संग जोडेर अर्थतन्त्र लाई मजबुद बनाउने उदेश्यले हाट बजार संचालनमा ल्याइएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जिले जानकारी दिनुभयो ।
स्थानीय स्तरमा हाट बजार संचालन पश्चात किसानको आर्थिक अवस्थामा सुधार गर्ने अपेक्षा गरिएको छ । आफुले उत्पादन गरेका विभिन्न सामग्री आफ्नै ठाउँमा विक्रि गर्न पाउँदा स्थानीय हर्षित भएका छन् ।
News Desk 0 response बुधबार, साउन २३, २०८१
सम्बन्धित शीर्षकहरु
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का
आइतवार, भदौ ३०, २०८१६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया
आइतवार, भदौ ३०, २०८१-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१