• असार १, सिन्धुली/सिन्धुलीको सुनकोशीमा एक जना पुरुष हाम फालेर वेपक्ता भएका छन् । हिजो (शुक्रबार ) अन्दाजी राति १० बजेको समयमा गोलोन्जर गाउँपालिका–७ खुर्कोट बजारबाट रामेछाप जोड्ने सुनकोशीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका हुन् ।

    इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीका अनुसार अपरिचित एक पुरुषले पुलबाट सुनकोशीमा हाल फालेको भन्दै स्थानीयले खबर गरेका थिए । प्रहरीले हाम फालेको स्थानबाट एक थान मोबाइल भेटेर हाम फाल्ने व्यक्तिको अनुसन्धान गर्दा काठमान्डौँ बौद्ध – ६ का बिष्णु प्रसाद संगौला (५६) रहेको जनाएको छ ।

    सो व्यक्तिको आफन्तलाई जानकारी गराइएको छ भने पुरुषले सुनकोशीमा हाम फाल्नु कारण भने पत्ता नलागेको प्रहरीले जनाएको छ । साथै शसस्त्र प्रहरी,प्रहरीले ¥याफ्टिङ सहित हाम फाल्ने पुरुषको खोजतलास गरिरहेकोे छ ।