• जेठ २०, सिन्धुली/कमलामाई नगरपाकिला वडा नं. ५ मा रहेको स्वास्थ्य केन्द्रहरुमा देखिएका समस्याहरुको समाधनका लागि अन्तरक्रिया सम्पन्न भएको छ । आज प्लान इन्टरनेश्नल नेपालको साझेदारीमा मानव तथा राष्ट्रय विकास समाज (ह्याण्डस नेपाल) द्धारा संचाललित सल्यास परियोजना अन्तर्गत सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

    स्वास्थ्य केन्द्रमा प्रयाप्त औषधी नहुनु, छुट्टाछुट्टै चेकजाँच, स्वास्थ्य परीक्षण तथा परामर्स कक्ष अभाव, महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालयको ब्यवस्था नुहुन, विरामीका लागि आराम कक्ष र वेड नहुनु जस्ता समस्याहरु देखिएको सरोकारवालहरूले समस्या आौल्याएका थिए । कार्यक्रमा कमलामाई नगरपालिका वडा अध्यक्ष, स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी सरोकारवाला निकाय, विद्यार्थी अभिभावकहरुको सहभागीता रहेको थियो ।

    कार्यक्रमलाई सम्वोन गदै वडा नं. ५ का वडा अध्यक्ष पुर्णबहादुर खड्काले आमुन्ने सामुन्ने छलफल विधिबाट सस्याहरु पहिचान र समस्या समाधनका लागि योजना समेत वनाउन अभ्यास गर्न पाउदा कार्यक्रमलाई महत्वपुर्णको रुपमा आफुले लिएको वताउनु भयो । वडा अध्यक्ष खड्काले स्वास्थ्य केन्द्रमा देखिएका समस्याहरुको तत्काल समाधन गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको छ ।