-
वैशाख २४, सिन्धुली/बागमती प्रदेश सरकारले आज ( सोमबार ) बाट तामाङ र नेवार भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा आएको घोषण भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) ले बागमती प्रदेशका दुई भाषालाई कामकाजी भाषा ऐन ‘२०८०’ शुभारम्भ घोषणा गर्नुभएको हो ।
सोहि अवसरमा आज सिन्धुलीमाढीमा पनि अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । बागमती प्रदेशसभा सदस्य शुकुमाया तामाङको प्रमुख आतिथ्यतामा नेपाल तामाङ घेदुङ र नेवा दय दवु सिन्धुलीको संयुक्त आयोजनमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
बागमती प्रदेशसभा सदस्य शुकुमाया तामाङले हिजाको समयमा एकअर्काको जातिगत भाषालाई सम्मान नगर्ने अवस्था रहेको कुरा बताउनुभयो । सो कुरा लाई चिर्दै आज तामाङ र नेवार भाषा सरकारी कामकाजमा कार्यान्वयनमा आउँदा भाइचाराको विकास हुने बताउनुभयो ।
लामो समयदेखि तामाङ र नेवार समुदायको माग पुरा भएको भन्दै खुसी समेत व्यक्त गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले नेपाल सरकारले गरेको निर्णय स्वागत योग्य रहेको बताउनुभयो । सो निर्णयलाई अब कसरी कार्यान्वयमा जाने भन्ने चुनौति रहेको उहाँले बताउनुभयो ।
स्थानयतहको कामकाजी तथा स्थानिय पाठ्यक्रम देखिनै सरकारले आफ्नो मातृभाषमा बालबालिकाले अध्ययन गर्न पाउने संवैधानिक मौलिक हकको व्यवस्था गरेकोले विभिन्न सरकारी कार्यालय तथा स्थानीय पाठ्यक्रम निर्माणमा भाषा,लिपि,रितिरिवाज लगायतको बिषयमा सहजिकरण गर्न घेदुङ र नेवा दय दवु लाई आग्रह गर्नुभएको छ । सरकारले घोषणा गदैँमा भोलिबाटै लागू हुन्छ भन्ने पनि हुँदैन, केहि समय लाग्ने उहाँले बताउनुभयो ।
“कार्यान्ययनकै लागि भने केहि समय चाहिन्छ । तयारी चाहिन्छ । भाषा शुद्धाशुद्धि,लीपिबद्ध गर्नु छ । किताब प्रकाशन गर्नु छ । ; प्रमुख जिल्ला अधिकारी खनालले भन्नुभयो । बागमती प्रदेश सरकारले गत वर्ष कात्तिक २३ गते ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो । आज बागमती सरकारले भाषा ऐन कार्यान्वयन आउने दिनको रुपमा सार्वजनिक बिदासमेत दिएको छ ।
News Desk 0 response सोमवार, बैशाख २४, २०८१

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२