गजल
विश्वास के हो? प्रार्थनाको आशा के हो ?
ढुङ्गालाई देवता देख्नुको खुलासा के हो ?
तरबार बोकेर निस्केछन् धर्मको रक्षाको निम्ति
मैले बुझ्नै सकिन धर्मको परिभाषा के हो ?
मान्छे मार्दा बोलेनौ पशु, मार्दा चर्को बोल्यो,
महासय! तिम्रो विरोध के हो? गुनासा के हो?
पशुले आमाको दर्जा पाउँदा, मान्छे अछुत कसरी?
अब त बोल आवाज उठाउ यो निराशा के हो?
एक अर्काको सम्मान गर्नु, भलो सोच्नु धर्म भन्थ्यो
फेरि , यो विरोध के हो? यो तमासा के हो ?
कृष्णराज थिङ (थेबा)
मरिण गाउँपालिका ५,सिन्धुली
हाल कोरिया
प्रतिक्रिया