भोटेकोशी बाढीपीडितका लागि एन्जल पोलिक्लिनिकद्वारा ५१ हजार रुपैयाँ सहयोग
सिन्धुली/भोटेकोशीमा आएको बाढीका कारण विपत्तिमा परेकाहरूको राहत तथा उद्धारका लागि सहयोग जुटाउने क्रम जारी रहेको छ ।
यसै क्रममा सिन्धुलीस्थित एन्जल पोलिक्लिनिक प्रा. लि. ले प्रधानमन्त्री विपद् राहत कोषमा ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
एन्जल पोलिक्लिनिक प्रा. लि. को तर्फबाट एन्जल चौधरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (विपद् राहत कोष) मा ५१ हजार रुपैयाँ सहयोग जम्मा गर्नुभएको हो ।
उक्त रकम आज जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत जिल्ला अधिकारी स्क्रिम श्रेष्ठ लाई हस्तान्तरण गरिएको जनाइएको छ । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको एन्जल पोलिक्लिनिकले जनाएको छ ।
भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा विपत्तिमा परेका नागरिकलाई राहत उपलब्ध गराउन विभिन्न संघसंस्था, व्यवसायी तथा व्यक्तिहरूले सहयोग गर्ने क्रम जिल्लामा जारीनै छ ।


