तीनपाटनमा शिव मन्दिरको उद्घाटन
सिन्धुली/सिन्धुलीको तीनपाटन गाउँपालिका-५ लङ्गुरखोला रागेडाँडामा नवनिर्मित शिव मन्दिरको उद्घाटन गरिएको छ ।
धार्मिक आस्था र स्थानीय समुदायको सहभागितासँगै निर्माण गरिएको मन्दिरको आज एक विशेष कार्यक्रमबीच उद्घाटन गरीएको हो ।
तीनपाटन गाउँपालिका-५ का वडा अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि भुपाल सिंह तामाङले रिबन काटेर मन्दिरको उद्घाटन गर्नुभएको हो । मन्दिरको उद्घाटनसँगै स्थानीयवासीमा खुसी र उत्साह छाएको छ ।
स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको शिव मन्दिरले रागेडाँडाको धार्मिक पहिचानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । मन्दिर स्थापना भएपछि स्थानीय बासिन्दालाई नियमित पूजाआजा तथा धार्मिक कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरीएको छ ।
स्थानीयको आस्था, सहभागिता र सामूहिक प्रयासबाट निर्माण भएको शिव मन्दिर अब रागेडाँडाको धार्मिक पहिचानको नयाँ केन्द्र बनेको छ ।
कार्यक्रममा स्थानीयवासी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।


