फरार रहेका २४ वर्षीय युवा पक्राउ
सिन्धुली/जिल्ला प्रहरी कार्यालय सिन्धुलीले फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका ३ झाँगाझोली बस्ने पूर्णप्रकाश वैद्यका २४ वर्षीय छोरा सञ्जोग वैद्य रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक विजय श्रेष्ठका अनुुासर वैद्य सवारी अंगभंग मुद्दामा अदालतबाट फैसला भई फरार भएका थिए ।

उहाँको अनुसार जिल्ला अदालत सिन्धुलीको लगत नम्बर २२९४ अनुसार २०८१ फागुन २६ गते सवारी अंगभंग मुद्दामा फैसला गर्दै वैद्यलाई ५ हजार रुपैयाँ जरिवाना र २ सय रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
अदालतको फैसला कार्यान्वयनका क्रममा उनी फरार रहेका थिए । फरार प्रतिवादीको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी टोलीले वैद्यलाई पक्राउ गरेको हो ।
पक्राउ परेका वैद्यलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत सिन्धुलीमा पठाइएको ।


