• भदौ २९,सिन्धुली/बाल दिवसको अवसरमा आधुनिक बोर्डिङ हाई स्कुल कमलामाई नगरपालिका ६ पानिट्याङ्कीले मोबाइलले अभिभावक र विद्यार्थीलाई पारेको प्रभावबारे सन्देशमुलक नाटक प्रदर्शन गरेका छन् ।


    नाटकमा कक्षा ८ का बिद्यार्थीले मोबाइलका कारण अभिभावक र छोराछोरी बिच दुरी बढ्दै गएको बिषयलाई प्रस्तुत गरेका थिए । बिद्यार्थीले अभिभावक पछिल्लो समय सामाजिक सन्जाल टिकटकमा लाइभ बस्ने र फेसबुकमा बेस्त भएका अभियन गर्दा अभिभावक झस्किएका देखिन्थीए । अभिभावक कोहि मुख छोप्न लागे,कोहि हास्ने थाले त कोहि टाउँको निहुराएका थिए ।
    नाटकमा विद्यार्थीहरुलाई चाहिने भन्दा बढीनै समय मोबाइल चलाउन दिदा कुलतमा फसेको,सामाजिक सन्जालका कारण विभिन्न अनैतिक क्रियालकलाप लागेको अभिनय प्रस्तुत गरेका हुन् ।


    कक्षा ८ का विद्यार्थी मिजास खड्का,तुसार थिङ,अविन आले,समृद्धि श्रेष्ठ,दिक्षा बुढाथोकी,गृष्मा घलान,मनिसा खड्का,दिया बराइली,कौशल र कैलास बस्नेतले नाटकमा अभिनय गरेका थिए ।


    आधुनिक बाल क्लवका अध्यक्ष कमलराज गोलेको अध्यक्षता तथा कमलामाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष उज्वल थापाको प्रमुख आतिथ्यतामा बाल दिवसको अवसर पारेर आधुनिक बाल क्लब (विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थी)को आयोजनामा बुवाको मुख हेर्ने र आमालाई दर खुवाउने कार्यक्रममको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक भानुभक्त गुरुङले जानकारी दिनुभयो ।
    बालबालिकाहरुमा आफ्ना आमावुवालाई सत्कार र सम्मान गर्ने बानीको विकास गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको प्रधानाध्यापक गुरुङले बताउनु भयो । विद्यालयका नर्सरी देखि कक्षा १० का विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।