-
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नेपाली काँग्रेसबाट उमेद्वार भएर वडा अध्यक्ष निर्वाचित भएका व्यक्ति हुन् । तर निर्वाचित भएदेखि वर्तमान अवस्थासम्मको गतिविधिहरुलाई हेर्ने हो भने एकाध भन्दा बाहेक खड्काले वडामा गरेका कामहरु निर्विवादित जस्तै छन् । काँग्रेसबाट उमेद्वार भएपनि सकेसम्म यस वडामा भएका भौतिक निर्माण तथा विकासका कामहरुमा उतिसारो पार्टीगत विभेद गरिएको देखिँदैन ।
त्यसो त केहि समयदेखि अध्यक्ष खड्का वडाका विद्यालयहरुमा भेटघाट गरिरहेका छन् । जुन परिणाममुखी देखिएको छ । विद्यालय पोशाक, कपि, कलम लगायतका शैक्षिक सामाग्रीको अभावमा विद्यालय जानबाट बन्चित भएका वा विद्यालयको पहुँचबाट बाहिर भएका विपन्न वर्गका बालबालिकाहरुको सहयोगमा अध्यक्ष खड्का जुटिरहेका छन् । आफ्नो वडाका ३ वटा विद्यालयमा उनले शैक्षिक सामाग्री लगायत न्यानो कपडा वितरण गरिसकेका छन्, त्यो पनि आफ्नै व्यक्तिगत लगानीमा ।
वडा नं.५ को जनज्योती मावि फोस्रेटारमा न्यानो कपडा, कमला जनज्योती मावि सिलामेका कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री र पन्चकन्या प्रावि ऐसेलुजंघारका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री सहित उक्त विद्यालयका लागि स्वास्थ्य सामाग्री समेत अध्यक्ष खड्काले उपलव्ध गराएका छन् । स्वास्थ्य सामाग्री वडाको तर्फबाट हो भने अन्य सवै उनको व्यक्तिगत लगानीमा उपलव्ध गराइएको हो । अध्यक्ष खड्काको मानविय कार्यको प्रशंसा सहित हार्दिक धन्यवाद । वडाका विपन्न बालबालिकाहरुको शैक्षिक उन्नतिको लागि अध्यक्ष खड्काले गरेको यस्तो कार्यको अवलम्वन अन्य अध्यक्षले समेत गर्नसके अन्य वडाका विपन्न बालबालिकाहरु पनि शिक्षाको पहुँचबाट बन्चित हुनुपर्ने थिएन ।
News Desk 0 response मङ्लबार, मंसिर २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
दुधौली काँग्रेसको प्रभावशाली नेता माओवादीमा प्रवेश
मङ्लबार, चैत्र १५, २०७८ -
प्रतिगमकारीहरुबाट गणतन्त्रमाथी खतराः अध्यक्ष प्रचण्ड
शनिबार, चैत्र ५, २०७८ -
राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा पूनः गोले
शनिबार, फाल्गुन २८, २०७८ -
उद्योग बाणिज्य संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ सर्वसमत..
बुधबार, फाल्गुन १८, २०७८ -
नेपाली काँग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल विजयी
सोमवार, फाल्गुन १६, २०७८
-
दुधौली काँग्रेसको प्रभावशाली नेता माओवादीमा प्रवेश
मङ्लबार, चैत्र १५, २०७८ -
प्रतिगमकारीहरुबाट गणतन्त्रमाथी खतराः अध्यक्ष प्रचण्ड
शनिबार, चैत्र ५, २०७८ -
राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा पूनः गोले
शनिबार, फाल्गुन २८, २०७८ -
उद्योग बाणिज्य संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ सर्वसमत..
बुधबार, फाल्गुन १८, २०७८ -
नेपाली काँग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल विजयी
सोमवार, फाल्गुन १६, २०७८