• अंशमा परेको थियो एककट्ठा दुईधुर बारी,
    मेरो जन्मस्थल–गैँयाटार, सिन्धुलीमा ।
    परारसाल मैले त्यो बेचिदिएँ
    बेच्नुपरेको परिबन्धनको कुरा नगरौँ,
    बरु, नयाँ जग्गाधनीको गुनासो सुनौँ–
    नक्सामा बाटो देखेर किनियो, बाटोको मालिक त अर्कै रहेछ
    पुरानो नक्सामा डहरले छोएको थियो,
    नयाँ नापीको कैफियत मलाई के थाहा ?
    त्यो गुनासोले मलाई पटक्कै छोएन,
    बरु, गीत गाउन पो मनलाग्यो–
    ‘यहाँ देशको छ चिन्ता, तिमी बाटो-बाटो भन्छौ’…….!

    प्रवीण सिन्धुलीय

    सिन्धुली