-
जेठ २६, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रका १२ जना युवा उद्यमीहरुलाई बुधबार एक कार्यक्रम गरेर बिना धितो तथा बिना व्याज कर्जा उपलव्ध गराएको छ । नगरपालिका कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत नगर युवा स्वरोजगार कार्यक्रम सन्चालन कार्यविधि २०७७ अनुसार नगरपालिका कायालयले कर्जा उपलव्ध गराएको हो ।नगर युवा स्वरोजगार कार्यक्रम सन्चालन कार्यविधिको परिधिभित्र रहि युवा उद्यमीहरुलाई व्यवसायका साथै शैक्षिक प्रमाण पत्रको आधारमा समेत बिना धितो तथा बिना व्याज शैक्षिक कर्जा उपलव्ध गराइएको कमलामाई नगरपालिका कार्यालयका सूचना अधिकारी निर्मल लामाले जानकारी दिनुभयो । कर्जा पाउने उद्यमीहरुमा कमलामाई नगरपालिका वडा नं.९ का नरेन्द्र बहादुर कार्की, वडा नं. ६ का नागेन्द्र ठाकुर, वडा नं.९ का प्रितम कुमार पौडेल, वडा नंं.६ का पवन कुमार बस्नेत, वडा नंं ९ का मनोज बराल, वडा नंं.६ का राजु पाख्रिन, वडा नं.१० का लाल कुमार हायु, वडा नंं.२ का लिला बहादुर योन्जन, वडा नंं.८ का विना कुँवर, वडा नं. ५ का सुनिता श्रेष्ठ, वडा नंं.६ का सम्झना ढकाल तथा वडा नंं. ४ की सुर्य प्रभा आचार्य रहेका छन् । कुखुरा पालन, शैलुन व्यवसाय, बंगुर पालन, बाख्रा पालन, व्युटी पार्लर व्यवसाय देखि होटल व्यवसाय सम्मका लागि नगरपालिकाले कर्जा उपलव्ध गराएको छ ।
नगर युवा स्वरोजगार कार्यक्रम अन्तर्गत पहिलो पटक वितरण गरिएको कर्जामा यसपटक शैक्षिक कर्जा समेत उपलव्ध गराइएको छ । कमलामाई नगरपालिका वडा नं.५ की सुनिता श्रेष्ठलाई नगरपालिकाले प्रमाण पत्रको आधारमा ५ लाख रुपैयाँ शैक्षिक कर्जा उपलव्ध गराएको हो । युवा उद्यमीहरुले न्युनतम २ लाख देखि अधिकतम ५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गरेका छन् । जम्मा २४ महिनाका लागि उपलव्ध गराइएको उक्त कर्जा लगानीको छैठौँ महिनादेखि १९ किस्तामा तिरिसक्नुपर्ने छ । त्यसो त कमलामाई नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत ४२ जना युवा उद्यमीहरुलाई १ करोड रुपैयाँ कर्जा लगानी गरिसकेको छ । उक्त कर्जाको किस्ता आउन समेत सुरु गरिसकेको सूचना अधिकारी निर्मल लामाले जानकारी दिनुभयो ।
News Desk 0 response बुधबार, जेष्ठ २६, २०७८
सम्बन्धित शीर्षकहरु
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना, उपाध्यक्ष घलान सहित तीन जना घाईते
शुक्रबार, बैशाख २१, २०८१गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक योजना तर्जुमा गोष्ठी हरिहरपुरगढीमा सन्चालन
शुक्रबार, बैशाख २१, २०८१पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१-
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१
-
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१