-
केही खाएको विष लाग्यो होला
कयौं नखाएका विष पनि लाग्यो होला
हुन त आमा, महादेवले पनि त अमृत सेवन गरेका हैनन्
अहिले महादेव आँखा सामु छैनन्
तर उनैलाई पुज्छन्
तर तिमी त छौ हामीसंग
तिमी भएकै बेला पुज्न हाम्रो अहंकारले दिँदैन
सन्तानका सवै अहंकार र स्वार्थलाई मातृस्नेहले जित्नु
तर आमा, तिमी कहिल्यै नरिसाउनु ।भनिन्छ बुढेसकालमा मानिस बच्चा झैँ हुन्छन् रे
म बच्चा हुँदा त तिमी थियौ
त्यो तातेताते अनि कोखाइ–कोखाईमा पनि तिमी थियौ
तर आज तिमी बच्चा हुँदा
म आफ्नै स्वार्थी दुनियाँमा बाँधिएको बहाना गर्दैछु
यो बहाना कतिन्जेल चल्छ थाहा छैन
आफ्नै रगतको वचनबाणले मुटु छियाछिया भएकोबेला
तिनलाई जन्माउँदाको सुत्केरी रगत सम्झेर माफी दिनु
तर आमा, तिमी कहिल्यै नरिसाउनु ।आमा त सहनशीलताकी देवी हुन रे
त्यसैले होला आँसुमा नुहाएका ती आँखा
पीडामा पिल्सिएका मन
अनि स्वार्थी ती तिखा बाँणले घोचिएका हृदय
सबै सहन सिप्पालु तिमी ।ती दिन त छोडौँ
आजको राम्रो कर्मको पनि हेक्का नराख्ने तिमी
उ जमानाको पित्को झै राम्रो कर्मको आडमा
आज पनि झ्याली पिट्दैछौं हामी
एक एक बुँदा टिपी अहिले पनि फल माग्दैछौं हामी ।तिम्रो मुखको गाँस पनि मैले खाएँ होला
तिम्रो हिँस्साको खुसी पनि मैले जिएँ होला
तिम्रो हाँसो मैले हाँस्दा मेरो आँसु तिमीले सजिलै पिएकीछ्यौ
तिम्रो बुढ्यौली छाती
आफ्नाहरुको कुण्ठा पोख्ने मैदान भएकाबेला
तिमी ममता र मुस्कानले जित्नु
तर आमा, तिमी कहिल्यै नरिसाउनु ।– किरण खड्का, सिन्धुली
News Desk 0 response शुक्रबार, चैत्र ३०, २०८०
सम्बन्धित शीर्षकहरु
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको म्याद गुज्रेका सामग्री जफत गरी नष्ट
मङ्लबार, जेष्ठ १, २०८१गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु
मङ्लबार, जेष्ठ १, २०८१सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१-
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१ -
मरिण गाउँ कमिटिको मुखपत्र ‘मरिण जागरण’..
सोमवार, बैशाख ३१, २०८१
-
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१ -
जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६..
आइतवार, बैशाख ३०, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१