कमला एकेडेमिक स्कुलमा हस्तलेखन तालिम, २६ विद्यार्थी पुरस्कृत

सिन्धुली/कमला एकेडेमिक स्कुलमा विद्यार्थीको हस्तलेखन सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको हस्तलेखन तालिम तथा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २६ जना विद्यार्थीलाई आज प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको छ ।

प्रबोधिनि लिपि एकेडेमीको आयोजनामा विद्यालयमै सञ्चालन गरिएको तालिममा करिब ४ सय विद्यार्थी सहभागी भएका थिए । तालिम यसअघि नै सम्पन्न भएको थियो । तालिमपछि उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई आज विद्यालयमा आयोजित कार्यक्रममा प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको हो ।

विद्यार्थीको लेखाइलाई सफा, स्पष्ट र आकर्षक बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमसँगै हस्तलेखन प्रतियोगितासमेत आयोजना गरिएको थियो । प्रतियोगिता नेपाली र अंग्रेजी गरी दुई विधामा सञ्चालन गरिएको थियो । नेपाली विधातर्फ १२ जना र अंग्रेजी विधातर्फ १५ जना विद्यार्थी उत्कृष्ट घोषित भई प्रमाणपत्र तथा पुरस्कारबाट सम्मानित भएका छन् ।

विद्यार्थीलाई कक्षाका आधारमा विभिन्न समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको थियो । कक्षा १ देखि २, कक्षा ३ देखि ५, कक्षा ६ देखि ७ तथा कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई छुट्टाछुट्टै समूहमा राखेर प्रतियोगिता गराइएको थियो । प्रत्येक समूहबाट उत्कृष्ट विद्यार्थी छनोट गरी प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको गरीएको थियो ।

कमला एकेडेमिक स्कुलका प्रधानाध्यापक डम्बर श्रेष्ठले तालिम निकै प्रभावकारी रूपमा सम्पन्न भएको बताउँदै तालिमपछि विद्यार्थीहरूको हस्तलेखनमा उल्लेखनीय सुधार आएको बताउनभयो । उहाँले हस्तलेखन विद्यार्थीको अध्ययन तथा शैक्षिक विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै नियमित अभ्यास र प्रशिक्षणले लेखाइमा थप निखार ल्याउने बताउनभयो ।

प्रबोधिनि लिपि एकेडेमीका फाउन्डर बिना बसेलले विद्यार्थीको हस्तलेखन सुधार गर्नुका साथै सफा, स्पष्ट र आकर्षक लेखनको विकास गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बतानुभयो ।

तालिममा गोमा मङग्राती , अस्मिता मङग्राती, तुलसा बिश्रकर्मा र मुना तामाङले प्रशिक्षकका रूपमा सहजीकरण गरेका थिए । विद्यालयमै सञ्चालन गरिएको तालिममा करिब ४ सय विद्यार्थीको सहभागिता रहेको थियो भने उत्कृष्ट प्रदर्शन गर्ने २६ जना विद्यार्थीलाई आज प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *