सिन्धुली सेवा समाज कतारको २३औँ स्थापना दिवस मनाइँदै

सिन्धुली/सिन्धुली सेवा समाज कतारले आफ्नो २३औँ स्थापना दिवस आगामी अक्टोबर ९ मा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ ।

दोहास्थित प्लाजा महलको जिम्बु थाकाली रेस्टुरेन्टमा आयोजना हुने स्थापना दिवस समारोहमा दसैँ-तिहार शुभकामना आदान-प्रदान, आपत्कालीन कोष स्थापनार्थ भाग्यशाली चिठ्ठा तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने समाजले जनाएको छ ।

समाजका सूचना तथा प्रचार-प्रसार विभागका महासचिव राज आले मगरका अनुसार कार्यक्रमको आवश्यक तयारी पूरा भइसकेको छ । स्थापना दिवस समारोहमा कतारमा क्रियाशील विभिन्न संघ-संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, शुभेच्छुक तथा कतारमा कार्यरत सिन्धुलीवासीको सहभागिता रहने सिन्धुली सेवा समाज कतारका सूचना तथा प्रचार-प्रसार विभाग महासचिव राज आले मगरले जानकारी दिनुभयो ।

समाजले कतारमा रहेका सिन्धुलीवासी तथा शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी भई स्थापना दिवस सफल बनाउन आग्रह गरेको छ ।स्थापना दिवसको अवसरमा सिन्धुली जिल्लाका विभिन्न पर्यटकीय स्थलहरूको ब्यानरमार्फत प्रचार-प्रसारसमेत गरिने जनाइएको छ । यसमार्फत कतारमा सिन्धुलीका पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

समाजले स्थापना दिवसले कतारमा रहेका सिन्धुलीवासीबीच आपसी एकता, सद्भाव, सहकार्य र भाइचारा थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *