सिन्धुलीमा सवारी चालकको लागुऔषध सेवन चेकजाँच, ५ जना चालकमा पोजेटिभ

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित माझिटार चेकपोस्टमा सवारी चालकहरूलाई लक्षित गरी लागु औषध सेवन चेकजाँच कार्यक्रम सञ्चालन गरिएको छ ।

ट्राफिक सहितको प्रहरी टोली र जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रममा बीपी राजमार्ग भएर सञ्चालन हुने सवारी साधनसहित कुल ४७ वटा सवारीसाधनका चालकहरूको लागुऔषध सेवन परीक्षण गरिएको थियो ।

कार्यक्रम अन्तर्गत THC Rapid Test Cassette (Urine) द्वारा   ४८ वटा परीक्षण  गरी गरिएको चेकजाँचका क्रममा ५ जना सवारी चालकको परीक्षण नतिजा पोजेटिभ आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

परीक्षणमा पोजेटिभ देखिएका पाँचै जना चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *