प्रेस सेन्टर नेपाल सिन्धुलीको दसैँ शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

सिन्धुली/प्रेस सेन्टर नेपाल सिन्धुलीको आयोजनामा बडादसैँ २०८३ को अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष बुद्ध नेपालीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य एवं पूर्वसांसद राजन दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि दाहालले दसैँको शुभकामना व्यक्त गर्दै दसैँ भन्नासाथ आफ्ना आफन्त तथा परिवारका सदस्यसँग भेटघाट गर्ने, आपसी सद्भाव साटासाट गर्ने र सम्बन्धलाई थप प्रगाढ बनाउने पर्वका रूपमा सम्झिने बताउनुभयो । उहाँले दसैँले परिवार, आफन्त तथा समाजबीचको सम्बन्धलाई बलियो बनाउँदै आपसी एकता, सद्भाव र भाइचाराको भावना विकास गर्न सहयोग पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष कर्ण घिसिङ, नेपाली कांग्रेसका जिल्ला सचिव ईश्वर बस्नेत, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष विमला पाण्डे,नेपाल पत्रकार महासंघका अध्यक्ष बाबुराम देवकोटा , प्रेस सेन्टर नेपाल बागमती प्रदेशका महासचिव नवीन श्रेष्ठल, प्रेस युनियनका अध्यक्ष वरुण लामिछाने, प्रेस चौतारीका सचिव बलवीर भुजेल,क्रियाशील महिला पत्रकार सिन्धुलीकी अध्यक्ष राधिका बुढाथोकी, आईटीएम हबका अध्यक्ष नवीन कार्की तथा गायत जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने आईटीएम हब प्रा.लि. सिन्धुली तथा कार्यक्रममा सहभागी सम्पूर्णप्रति अध्यक्ष बुद्ध नेपालीले धन्यवाद व्यक्त गर्नुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *