कमलामाई-१४ मा निःशुल्क आँखा शिविर, २० जनामा मोतिबिन्दु पहिचान

 

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर-१४ स्थित स्वास्थ्य केन्द्र रानीबासमा आज निःशुल्क मोतिबिन्दु छनोट शिविर गरीएको छ ।

शिविरबाट १४१ जनाको आँखा परीक्षण गरिएकोमा २० जनामा मोतिबिन्दु पहिचान भएको छ ।शिविरमा आँखा परीक्षण गरिएका अन्य बिरामीहरूलाई आवश्यकता अनुसार निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको थियो ।

मोतिबिन्दु पहिचान भएका २० जना बिरामीको यही कार्तिक १३ र १४ गते नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र, सिन्धुलीमा निःशुल्क शल्यक्रिया गरिने नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले जानकारी दिएको छ ।

शिविर सञ्चालनमा नेपाल रेडक्रस सोसाइटी रानीबास-१४ उपशाखा तथा कमलामाई नगरपालिका वडा नम्बर-१४ सिन्धुलीले स्थानीयस्तरमा महत्त्वपूर्ण सहयोग पु¥याएका थिए ।

त्यसैगरी शिविर सफल बनाउन आर्थिक तथा अन्य सहयोग उपलब्ध गराउने तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं, Nge Alik and Tee and Zhang Wen’s Family, Singapore, Good Vision Nepal तथा जानकी आँखा अस्पताल, जनकपुरप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।

ग्रामीण तथा स्थानीय समुदायका नागरिकलाई आँखासम्बन्धी स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सञ्चालन गरिएको यस शिविरले मोतिबिन्दुबाट प्रभावित बिरामीको पहिचान तथा उपचारमा सहयोग पु¥याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *