कमलामाई नगरपालिकाका १४ वटै वडामा लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने

सिन्धुली/लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिकाका १४ वटै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १०, २०२६ अर्थात् मंसिर ९ देखि २४ गतेसम्म १६ दिने अभियानमा नगरपालिकाका सबै वडामा कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाले जाकारी दिएको छ ।

गत मंसिर ७ गते बसेको समन्वयात्मक बैठकले अभियानअन्तर्गत प्रत्येक वडामा छुट्टाछुट्टै मितिमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

निर्धारित कार्यतालिका अनुसार मंसिर १० गते वडा नं. १ बाट सुरु हुने कार्यक्रम मंसिर २३ गते वडा नं. १४ मा पुगेर सम्पन्न हुनेछ ।

कार्यक्रममा प्रत्येक वडाबाट विभिन्न संघसंस्था तथा समूहमा आबद्ध १५ जना महिला र १५ जना पुरुष गरी जम्मा ३० जना सहभागी हुनेछन् ।

कार्यक्रममार्फत लैङ्गिक हिंसाका स्वरूप, हिंसा रोकथाम तथा न्यूनीकरण, महिला अधिकार, लैङ्गिक समानता र हिंसाविरुद्ध सामूहिक आवाज उठाउने विषयमा सचेतना अभिवृद्धि गरिने अपेक्षा गरिएको छ ।

नगरपालिकाले सम्बन्धित वडा कार्यालयहरूलाई निर्धारित मितिमा सहभागी छनोट गर्नुका साथै कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक समन्वय र सहजीकरण गरिदिन अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *