कमलामाईमा सिप विकास सम्बन्धी १० दिने तालिम सुरु

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ६मा आजबाट १० दिने फाइबर र सिलिकन कपडाबाट झोला तथा विविध सामान उत्पादन सम्बन्धी सिप विकास तालिम सुरु भएको छ ।

१० दिने सिप विकास तालिमको आज बुधबार एक बिशेष कार्यक्रम बिच कमलामाई नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष उज्जवल कुमार थापाले उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा बोल्नुहँदै कमलामाई नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष उज्जवल कुमार थापाले स्थानीयस्तरमा स्वरोजगार सिर्जना गरी गरिबी न्यूनीकरणमा टेवा पु¥याउने पुग्ने बताउनुभयो ।

नयाँ लघु उद्यमी सिर्जना गर्ने उद्देश्यले कमलामाई नगरपालिका उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाको आयोजना १० दिने सिप विकास तालिम गरीएको कमलामाई नगरपालिकाले जाकारी दिएको छ ।

कमलामाई नगरपालिका ६ का वडा अध्यक्ष उज्जवल कुमार थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरपालिकाको उद्योग शाखाका कर्मचारी र तालिमका सहभागीहरूको उपस्थिति रहेको थियो ।आज बाट सुरु भएको सो तालिम १० दिन सम्म अर्थात यहि आउँदो २५गते सम्म संचालन हुने छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *